७ कार्तिक २०८१, बुधबार

कोरोना संक्रमणका कारण दक्षिण एसियाली मुलुकहरूमा हालसम्म ३८ जनाले ज्यान गुमाउनुपरेको छ

एसीपी संवाददाता

१४ चैत्र २०७६, शुक्रबार ०५:३८ मा प्रकाशित

चैत १४ गते नेपालगंज । कोरोना संक्रमणका कारण दक्षिण एसियाली मुलुकहरूमा हालसम्म ३८ जनाले ज्यान गुमाउनुपरेको छ । एकैदिन ८ जनाको मृत्यु भएपछि भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या सबैभन्दा बढी अर्थात २० पुगेको छ । त्यहाँ अहिलेसम्म ७२७ जनामा संक्रमण देखिएको छ । यस्तै, पाकिस्तानमा ९ जनाको ज्यान गएको छ भने दक्षिण एसियाली मुलुकहरूमध्येमै सबैभन्दा धेरे संक्रमित भेटिएका छन । पाकिस्तानमा कोरोनाबाट अहिलेसम्म १२०१ जना संक्रमित भएका छन । बंगलादेश मानवीय क्षतिको संख्या गणनाका हिसाबले तेस्रो स्थानमा छ । त्यहाँ कोरोना संक्रमित पाँच जनाको ज्यान गएको छ भने ४४ जना संक्रमित भेटिएका छन । अफगानिस्तानमा संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन भने ९४ जना संक्रमित भएका छन । श्रीलङ्का, माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय हताहती भएको छैन । अहिलेसम्म श्रीलङ्कामा १०६, माल्दिभ्समा १३, नेपालमा तीन र भुटानमा दुई जना संक्रमित भेटिएका छन । भारतमा अहिलेसम्म भेटिएका कोरोना संक्रमितमध्ये ४५ जनाको उपचार भइसकेको छ । पाकिस्तानमा २१, बंगलादेशमा ११, अफगानिस्तानमा दुई, श्रीलङ्कामा सात, माल्दिभ्समा आठ जनाको उपचार भइसकेको छ । नेपालमा हालसम्म भेटिएका तीन संक्रमितमध्ये एकजनाको उपचार भइसकेको छ भने दुई जना उपचाररत छन । भुटानमा भेटिएका दुवै संक्रमित अहिलेसम्म निको हुन सकेका छैनन । दक्षिण एसियाली मुलुकमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या २१९० पुगेको छ ।फाइल तस्कीर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x