१७ बैशाख २०८३, बिहीबार

प्रहरी जनशक्तिको अभाव भएपछि नेपालगन्जमा नेपाली सेनालाई खटाईएको छ

एसीपी संवाददाता

१५ चैत्र २०७६, शनिबार ०९:४३ मा प्रकाशित

प्रहरी जनशक्तिको अभाव भएपछि नेपालगन्जमा नेपाली सेनालाई खटाईएको छ ।

नेपालगन्ज, चैत्र १५ / लकडाउनका बेला खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी अपुग भएपछि नेपालगन्जका बिभिन्न स्थानहरुमा सेना खटाईएको हो । जिल्ला सुरक्षा समिती बाँकेको निर्णयद्वारा एक्सनमा नभई ब्याक सपोर्टका लागि सेना खटाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

नेपालगन्जका बिपीचोक, पुष्पलाल चोक, कारकादो चोक लगायतका स्थानहरुमा प्रहरीसंगै सेना खटिएको छ । बिशेषगरि कोरोना भाईरस बिरुद्धको सचेतना गराउन माईकिंग गर्ने कार्यमा समेत सेना परिचालन भएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x