३ आश्विन २०८३, शनिबार

माइतीघर मण्डलामा चिनियाँ राष्ट्रपति सी चिङपिङको पुत्ला दहन

एसीपी संवाददाता

११ आश्विन २०७८, सोमबार २०:५६ मा प्रकाशित

११ गते असोज २०७८ सोमबार । चीनविरुद्ध देशको राजधानी काठमाडौंमा व्यापक प्रदर्शन गरिएको छ । हुम्लास्थित नेपाली भूमि चीनले अतिक्रमण गरेको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो ।

अभियानले माइतीघर मण्डलामा चिनियाँ राष्ट्रपति सी चिङपिङको पुत्ला समेत दहन गरेको छ ।

चिनियाँ राष्ट्रपतिको पुतला दहन गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले चीनद्वारा विभिन्न बहानामा बारम्बार नेपाली भूमि अतिक्रमण भइरहेको बताए ।

उनले मिचिएको नेपाली भूमि यथाशीघ्र फिर्ता गर्नु पर्ने मागसमेत राखे। चीनले हुम्लामा नेपाली भुमि मिचेको बिषयलाई लिएर लामोसमयदेखि व्यापक विरोध भइरहेको छ । यसबिच भुमि मिचेको अध्ययन प्रतिवेदन समेत गृहमन्त्रालयमा पुगिसकेका बेला काठमाडौंमा चीनविरुद्ध विरोध भएको हो । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x