१ कार्तिक २०८३, शनिबार

चीन बिस्तारवादि कथा नबुझेका हैनन नेपालीले , किन कम्युनिस्ट एकताको पक्षमा यान्छी ?

एसीपी संवाददाता

२६ आश्विन २०७८, मंगलवार १७:२२ मा प्रकाशित

!२६ गते असोज २०७८ मंगलबार । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले यहाँका दुई ठूला कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी केन्द्रले एक भएर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन् भन्ने चाहेको बताएकी छन् । राजदूत होउले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १०० वर्ष पुगेको अवसरमा नेपाली नेताहरुको विचारसहितको किताबको भर्चुअल विमोचनका दौरान मंगलबार यस्तो धारणा राखेकी हुन् ।

नेपालमा कम्युनिस्ट एकता गराई काङ्ग्रेस फाल्ने रणनीति नै भन्न सकिन्छ किन वामपन्थी एकताले नेपाली काङ्ग्रेसलाई नै सत्ता बाहिर राख्ने हो ।

‘मैले देखेको छु कि एमालेले भर्खरै आफ्नो प्रथम विधान अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ र पार्टी निर्माणलाई सुदृढ पार्न नयाँ निर्णयहरु गरेको छ । माओवादीले पार्टीको नेतृत्व सुदृढ पार्न र पार्टीको संगठन सुधारमा केन्द्रित धेरै बैठकहरु पनि गरेको छ,’ राजदूत होउले सम्बोधनको क्रममा भनेकी छन् ।
राजदूत होउले ती क्रियाकलापहरुले दुई पार्टीहरुद्वारा पार्टी निर्माणसँग सम्बन्धी कामलाई महत्व दिएको देखाएको बताइन् । ‘म चाहन्छु कि एमाले र माओवादी आफ्नो मौलिक आकांक्षामा साँचो रहन र आफ्नो मिसन दृढतासँग राख्नको लागि संयुक्त रूपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सक्छ,’ उनले भनेकी छन् ।

प्रचण्ड त पहिले नै चिनको पक्षधर का नेता हुन सबै नेपालीलाई थाहा भएकै कुरा हो ।

भर्चुअल कार्यक्रममा एमालेका तर्फबाट पूर्वपरराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र माओवादीका तर्फबाट पूर्वमन्त्री शक्ति बस्नेत थिए । चीनकै ‘सहजीकरण’ मा चार वर्षअघि एमाले र माओवादीबीच चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्म पुगेको समाचार आएका थिए ।

तर पार्टीको आन्तरिक द्वन्द्व र निर्वाचन आयोगमा रहेको अर्को नामसँग जुधेपछि सर्वोच्च अदालतले एकीकृत प्रक्रियालाई अवैध भन्दै नयाँ रुपमा एकीकरण अघि बढाउन आदेश दिएको थियो । आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको समयमा आएको अदालतको फैसलाले एमाले र माओवादीको फरक दलको रुपमा रहँदैआएका छन् । अध्यक्ष केपी शर्मा ओलीसँगको विवादको कारण एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नयाँ राजनीतिक दल नेकपा एकीकृत समाजवादी खोलेका छन् ।

चिनको ठुलो प्रसङ्ग मध्य एक नाम उपेन्द्र यादवको पनि आउने गर्छ केही महिना पहिले ठुलो रकम समेत हात पारेका हुन भन्ने समस्य समेत आएको जो ।

‘नेपाल डायलग फोरम’ ले आयोजना गरेको उक्त कार्यक्रममा चिनियाँ राजदूत होउले फेरि एक पटक मिलेका दुई कम्युनिष्ट पार्टीलाई मिलेर कम्युनिष्ट आन्दोलनसँग मिलेर लानको लागि गरेको आह्वानले चीन नेपालमा नेकपा पार्टी फुटेको हेर्न नचाहेको फेरि प्रष्ट पारेको छ ।

राजदूत होउले नेपालले र माओवादीसँगै नेपालका अन्य राजनीतिक दलहरुसँग पनि सहकार्य गरेर अघि बढ्नेमा जोड दिएकी थिइन् । तर उनले एमाले र माओवादी बाहेक अन्य पार्टीको नाम भने लिइनन् ।

राजदूत होउले देश–देश, जनता–जनता र दल–दलसँग चीनले सम्बन्ध अघि बढाउन चाहेको पनि उल्लेख गरिन् । उनले सीपीसीको विधान चलेको र भ्रष्ट्राचारमा शून्य शहनसिलताको नीति अपनाएको बताइन् ।

उक्त कार्यक्रममा एमाले सचिवसमेत रहेका ज्ञवालीले छोटो समयमै मित्रराष्ट्र चीनले हासिल गरेको समृद्धि कम्युनिष्ट पार्टीको लागि परीक्षा भएको उल्लेख गरेका थिए । माओवादीका नेता बस्नेतले कार्यक्रममा आफूले किताबमाथि नै विचार राखेका थिए । उनले एक सय वर्षमा चीनले हासिल गरेको सफलताको विषयमा चर्चा गरेका थिए । उक्त किताबमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सीपीसी एक सय वर्ष पुगेको विषयमा टिप्पणी गरेका छन् । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x