भारतको कुशिनगरमा अन्तर्राष्ट्रियवायु सेवा शुरु , लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्टको काम चीन पर्यो अलपत्र
४ गते कार्तिक २०७८ । विश्वभरका बौद्ध धर्मावलम्बीहरुलाई लक्षित गर्दै भारतले उत्तरप्रदेशकाे कुशीनगरमा निर्माण सम्पन्न गरेकाे अन्तरराष्ट्रिय विमानस्थलकाे बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन् गरेका छन् ।सन् २०२० मा घाेषणा गरिएकाे याे विमानस्थल एक वर्षमै अन्तरराष्ट्रिय विमानस्थलकाे रूपमा उदघाटन गरिएकाे हाे । उद्घाटनपछिको पहिलो अवतरण श्रीलङ्काली जहाजले गरेको छ ।श्रीलङ्का, जापान, ताइवान, दक्षिण कोरिया, चीन, थाइल्यान्ड र सिंगापुरबाट आउने बौद्ध धर्मावलम्बीलाई यो विमानस्थलले सहजता प्रदान गर्ने छ। कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भारु २ सय ६० करोड खर्च भएको बत्ताइएको छ।भगवान् गौतमवुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ नेपालमा निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भने चिनियाँ कम्पनीले वितण्डा मच्चाएको छ ।विसं २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए ।राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको तीन वर्षमा सक्ने लक्ष्य राखिएको थियो ।तीन वर्षमा सक्ने लक्ष्य अनुसार ३१ डिसेम्बर २०१४ मा करिब ६ अर्ब ८२ करोड लागतमामा चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनले निमार्ण कार्य सुरु गरेको थियो ।तर, चिनियाँ कम्पनीको लापरबाहीले विमानस्थल निर्माणको म्याद ६ पटक थपियो । छैटौँ पटक थपिएको म्याद सन् २०२१ जुन अन्तिममा समाप्त भइसकेको छ तर पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।निर्माण कार्य चाँडो सक्नु त टाढाको कुरा चिनियाँ कम्पनीले उल्टै म्याद फेरि थप गर्न नागरिक उड्डयन प्राधिकरणमार्फत पहल गरेको थियो । सो अनुसार सन् २०२१ डिसेम्बरसम्ममा निमार्ण गरिसक्ने भन्दै पत्राचार समेत भएको बताइएको छ ।नेपालको राष्ट्रिय गौरवको आयोजनामा चिनियाँहरूको हातमा परेपछि उनीहरूले आफ्नो मर्जी अनुसार योजना अघि बढाइरहेको देखिएको छ । कतिपयले यस्ता ठुला आयोजनाहरू चिनियाँ कम्पनीहरूलाई नै दिनु गल्ती भएको भन्दै आलोचना समेत गरिरहेका छन् ।धेरै जसो चिनियाँ कम्पनीहरूले चिनियाँ कम्युनिस्ट पार्टी सीसीपीको अधीनमा हुन्छन् र सीसीपीले आफू अनुकूलको वातावरण बनाउन र फाइदा खोज्नका लागि ती कम्पनीहरूलाई प्रयोग गर्छ । यसैको सिकार गौतम बुद्ध विमानस्थल भएको देखिन्छ ।



[…] […]