१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय दलित मुक्ति जागरण अभियानको सल्यानमा बृहत् जनप्रदर्शन

एसीपी संवाददाता

१५ कार्तिक २०७८, सोमबार १२:५५ मा प्रकाशित

१५ गते कार्तिक सोमबार – सल्यान/ राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले सल्यानमा विशाल जनप्रदर्शन गरेको छ। दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै अभियानले सल्यान जिल्लाको थारमारेमा भेला र प्रदर्शन गरेको हो। समुदायलाई जागरण र राज्यलाई दबाब, विभेद विरुद्धको अभियानमा एक हौं भन्ने मुल नाराका साथ दलित समुदायको शक्ति प्रदर्शन गरिएको छ ।
राज्यका हरेक अंग र निकायमा दलित समुदायको सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने,नीति निर्माण तहमा दलितहरुको स्पष्ट प्रतिनिधित्व र यस समुदायको पेशा व्यवसायको सुनिश्चितताको माग गर्दै प्रदर्शन गरिएको राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल पश्चिम संयोजक खगेन्द्र सुनारले बताएका छन् । जातीय विभेद, छुवाछुत र दलितमाथिको उत्पीडनविरुद्ध सचेतना जगाउन समुदायलाई जागरण र राज्यलाई दबाब दिन प्रदर्शनको आयोजना गरिएको सुनारले जानकारी दिए ।
यसअघि अभियानले पुर्वको सप्तरी र पश्चिमको दैलेख जिल्लामा प्रदर्शन गरिसकेको छ। सल्यानमा सोमबार आयोजित प्रदर्शनमा सल्यानमा जाजरकोट रुकुम सुर्खेत,दाङ जिल्लाका मानिसहरुको समेत ठूलो संख्यामा सहभागिता रहेको थियो।

संविधानमा लेखिएको सहभागितामूलक र समावेशी राज्य संयन्त्र कार्यान्वयनमा नआएको र यो कार्यान्वयनका लागि समुदायस्तरबाटै जनदबाब बढाउनुपर्ने आवश्यकता देखिएकाले कार्यक्रम आयोजना गरिएको उनले बताए।
जनसभा प्रदर्शनमा राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल जिल्ला कमिटि दाङका अध्यक्ष केशव नेपाली, दलित अधिकारकर्मी प्रेमनारायण वि.क लगायत दलित अगुवाहरुको सहभागिता थियो।
साथै सुनारले भने, हिजो सम्म अरुका लागि लड्यौं अव आफ्नो समुदायको लागि लड्न सम्पुर्ण उपस्थीत मानिसहरुलाई आग्रह गरे ।
संविधानमा लेखिएको अधिकार व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउनका लागि समुदायस्तरमा जागरण र राज्यस्तरमा दबाबको खाँचो परेकाले अभियान सञ्चालन गर्नुपरेको उनले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x