४ आश्विन २०८३, आईतवार

भुटानको साकतेङ राष्ट्रिय निकुञ्जमाथि चीनको गिद्दे नजर , ‘भारतलाई दबावमा राख्ने रणनीति’

एसीपी संवाददाता

२८ मंसिर २०७८, मंगलवार ०४:३३ मा प्रकाशित

भारत र चीनको बीचमा रहेको भौगोलिक हिसाबले सानो देश भुटान आफ्ना ठूला दुई छिमेकी सीमालाई लिएर विवादमा रहेका बेला त्यसको चपेटामा परेको महसुस गरिरहेको छ।

२८ गते मङ्सिर २०७८  ।  भारतसँग निकट सम्बन्ध रहेको भुटानको पूर्वी भागमा रहेको क्षेत्र विगतमा विवादित मानिएको थिएन। तर त्यहाँको वन्यजन्तुको आश्रयस्थल रहेको एउटा राष्ट्रिय निकुञ्ज रहेको क्षेत्रमा बर्खायाममा चीनले एकाएक नयाँ दाबी गरेपछि भुटान अचम्ममा परेको थियो।

धेरै भुटानका टिप्पणीकारहरू यसबारे विस्तृतमा छलफल गर्न चाहँदैनन्, तर धेरैले भारतसँगको सीमा विवादलाई लिएर देखिएको गतिरोधमा बेइजिङले भुटानलाई पनि तान्न खोजेको ठान्छन्।

बौद्ध धर्मावलम्बी धेरै रहेको भुटानमा जम्मा जनसङ्ख्या ७,५०,००० रहेको छ।

गत एप्रिल महिनायता विश्वका धेरै जनसङ्ख्या भएका दुई देश चीन र भारतले एकअर्कामाथि आफ्नो सीमामा अतिक्रमण गरेको आरोप लगाउँदै सीमा क्षेत्रमा दशौँ हजार सैनिक परिचालन गरेका छन्।

चौधवटा देशसँग सीमा जोडिएको चीनले धेरै देशसँग सीमा विवाद मिलाएको बताउँछ। भारत र भुटान भने याद हुनेगरी अपवाद बनेका छन् किनभने विवादास्पद क्षेत्रलाई लिएर वर्षौंदेखि भएका वार्तामा कुनै प्रगति हुनसकेको छैन।

‘भुटानलाई चिढ्याउने चीनको प्रयास’

गत जुन महिनामा संरक्षणसम्बन्धी एउटा ‘भर्चूअल सम्मेलन’का क्रममा बेइजिङले पहिलो पटक भुटानको पूर्वी भागमा रहेको करिब ७४० वर्गमा फैलिएको साकतेङ क्षेत्रमा दाबी गरेसँगै उसको यो आश्चर्यलाग्दो कदम आएको थियो।

Sakteng sanctuary

तस्बिर स्रोत,CHOLING

तस्बिरको क्याप्शन,साकतेङ क्षेत्रमा दुर्लभ प्रजातिका वन्यजन्तु पाइन्छ

थिम्पुस्थित सरकारले उक्त क्षेत्रमा केही परियोजनाका लागि सहायता गर्न अमेरिकामा रहेको एउटा वातावरणसम्बन्धी समूह ‘ग्लोबल इन्भाइरन्मन्ट फसिलिटी’लाई अनुरोध गरेको थियो।

चीनका प्रतिनिधिहरूले भने उक्त क्षेत्र विवादित रहेकोले त्यहाँ कुनै रकम सहायतास्वरूप दिन नहुने भन्दै विमति जनाएका थिए।

भुटानले चीनको दाबी अस्वीकार गर्दै सीमालाई लिएर विगतमा भएका २४ चरणको वार्तामा यो क्षेत्रबारे कहिल्यै कुरा नउठेको जनाएको थियो।

 

यो वर्षको सुरुमा २५ औँ चरणको वार्ता राखिएको भए पनि कोरोनाभाइरसको महामारीका कारण त्यो पछि धकेलिएको थियो।

गत जुलाई महिनामा चीनको विदेश मन्त्रालयका प्रवक्ताले “चीन र भुटानबीचको सीमाङ्कन अझै बाँकी रहेको र मध्य, पूर्वी र पश्चिमी क्षेत्रको सीमा विवादित रहेको” बताएपछि कुनै पनि दुविधा बाँकी रहेको थिएन।

पूर्वी भागले पक्कै पनि साकतेङ क्षेत्रलाई नै जनाउँथ्यो।

साकतेङ क्षेत्र

तस्बिर स्रोत,CHOLING

तस्बिरको क्याप्शन,हालैसम्म चिनियाँ नक्साले साकतेङलाई भुटानमै देखाएको थियो

भुटानका इतिहासकार कर्मा फुन्त्शो भन्छन्: “साकतेङ राष्ट्रिय निकुञ्ज कहिल्यै पनि विवादित क्षेत्र थिएन र सधैँ भुटानकै नियन्त्रणमा थियो। चीनसँग उक्त क्षेत्रको आबद्धताको कुनै प्रमाण छैन।”

“ग्लोबल इन्भाइरन्मेन्ट फसिलिटीमा हालै चिनियाँ अधिकारीले गरेको दाबी सायद भुटानलाई चिढ्याउने चीनको प्रयास हो।”

गत जुलाई महिनामा चीनको विदेश मन्त्रालयका प्रवक्ताले “चीन र भुटानबीचको सीमाङ्कन अझै बाँकी रहेको र मध्य, पूर्वी र पश्चिमी क्षेत्रको सीमा विवादित रहेको” बताएपछि कुनै पनि दुविधा बाँकी रहेको थिएन।

पूर्वी भागले पक्कै पनि साकतेङ क्षेत्रलाई नै जनाउँथ्यो।

साकतेङ क्षेत्र

तस्बिर स्रोत,CHOLING

तस्बिरको क्याप्शन,हालैसम्म चिनियाँ नक्साले साकतेङलाई भुटानमै देखाएको थियो

भुटानका इतिहासकार कर्मा फुन्त्शो भन्छन्: “साकतेङ राष्ट्रिय निकुञ्ज कहिल्यै पनि विवादित क्षेत्र थिएन र सधैँ भुटानकै नियन्त्रणमा थियो। चीनसँग उक्त क्षेत्रको आबद्धताको कुनै प्रमाण छैन।”

“ग्लोबल इन्भाइरन्मेन्ट फसिलिटीमा हालै चिनियाँ अधिकारीले गरेको दाबी सायद भुटानलाई चिढ्याउने चीनको प्रयास हो।”

‘भारतलाई दबामा राख्ने तरिका’

थिम्पु र बेइजिङबीच सन् १९८४ देखिको सीमा वार्ता खासगरी पश्चिममा रहेको २६९ वर्ग किलोमिटर र उत्तरमा रहेको करिब ५०० वर्ग किलोमिटरमा केन्द्रित छ।

“चीनका सबै आधिकारिक नक्साले साकतेङलाई भुटानकै भाग भनेर देखाउँछन्। सन् २०१४ मा चीन आफ्नो सबैभन्दा महत्त्वाकाङ्क्षी नक्सासहित आयो जसमा बृहत् क्षेत्रीय दाबीहरू गरिएको थियो। त्यसमा भारतको अरुणाचल प्रदेश पनि परेको थियो। तर त्यो नक्सामा पनि साकतेङ निकुञ्ज भुटानकै भागका रूपमा देखाइएको थियो,” भुटानको साप्ताहिक पत्रिका द भुटनिजका सम्पादक तेन्जिङ लम्साङले भने।

 

भारत र चीनको विवादको बीचमा परेको महसुस गर्नु भुटानका लागि अनौठो होइन।

तीन वर्षअघि भारतमा दोक्लाम र चीनमा दोङ्लाङ भनिने क्षेत्रमा देखिएको सङ्कटका कारण सीमासम्बन्धी वार्ता रोकिएको थियो।

भुटानको नक्सा

सन् २०१७ को जुनमा भारतीय फौज र चिनियाँ फौजबीच भिडन्त भएको थियो। चिनियाँ फौजले भारत, चीन र भुटानको त्रिदेशीय सीमामा पर्ने महत्त्वपूर्ण क्षेत्रमा बाटो विस्तार गर्न थालेको थियो।

उक्त क्षेत्र भुटानको आफ्नो दाबीको क्षेत्र हो र आफ्नो छिमेकीलाई सहायताका लागि उसको पक्षबाट भारतले चिनियाँ फौजलाई चुनौती दिएको थियो।

दोक्लाम क्षेत्र दिल्लीका लागि रणनीतिक महत्त्वको छ किनभने “चिकेन्स नेक” भनिने कुखुराको घाँटी जस्तो साँघुरो रूपमा बयान गरिने सिलिगुडी करिडोर त्यही क्षेत्रमा पर्छ जसले भारतको उत्तर-पूर्वी राज्यहरूलाई बाँकी देशसँग जोड्छ।

भविष्यमा हुने कुनै पनि द्वन्द्वमा चिनियाँ फौजले उक्त करिडोर आफ्नो नियन्त्रणमा लिनसक्ने डर भारतलाई छ।

दुवै देशले वार्ताहरू जारी नराखे पनि सीमा विवाद कसरी चर्किन सक्छ भन्ने यसले देखाएको छ।

भूउपग्रहका तस्बिरहरूले दोक्लामको द्वन्द्व भएको क्षेत्र नजिकै चीनले हेलिपोर्ट लगायत बृहत् रूपमा सैन्य सञ्जाल बनाएको देखाएका छन्।

लद्दाखस्थित विवादित क्षेत्र गस्ती गर्न हिँडेका भारतीय सेना

तस्बिर स्रोत,AFP

तस्बिरको क्याप्शन,लद्दाखस्थित विवादित क्षेत्र गस्ती गर्न हिँडेको भारतीय सेनाको एउटा टोली

“भुटानलाई मात्रै नभई भारतलाई पनि दबावमा राख्ने यो एउटा तरिका हो। साकतेङ क्षेत्रको भारतको अरुणाञ्चल प्रदेशसँग सीमा जोडिन्छ र त्यसमा पनि चीनले दाबी गर्दै आएको छ। अरुणाचल प्रदेशको विस्तारका रूपमा बेइजिङले साकतेङलाई हेर्छ,” दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक सङ्गीता थपलियालले बताइन्।

तर बेइजिङस्थित चिङ्खुवा विश्वविद्यालयको इन्स्टिट्यूट अफ बेल्ट एन्ड रोड इनिशिअटिभकी शोधकर्ता डा. लु याङको भने फरक दृष्टिकोण छ।

“सीमालाई लिएर चीनले भुटानलाई थिचोमिचोमा राखेको होइन। भुटान र चीनको सीमा विवाद चीन र भारतको सीमा विवादसँग छुट्याएर हेर्न नसकिने भएर यस्तो भएको हो। यो नै मुख्य चुनौती हो,” उनले बीबीसीसँग भनिन्।

बेइजिङको धारणामा, उनी भन्छिन्, “चीन-भारतको पूर्वी सीमाको समाधान भनेको भुटान-चीनको सीमाको समाधान पूर्वसर्त हो।”

यसमा प्रतिक्रियाका लागि बीबीसीले अनुरोध गर्दा भुटानको विदेश मन्त्रालयले कुनै प्रतिक्रिया जनाएन।

‘भौगोलिक यथार्थलाई स्वीकार्न आवश्यक छ’

तर भुटानसँग विकल्पहरू भने सीमित छन्।

भारत र चीनबीच दशकौँदेखि तनावपूर्ण स्थिति छ र साम्य हुन पनि कठिन छ।

राजधानी थिम्पु
तस्बिरको क्याप्शन,थोरै जनसङ्ख्या भएको भुटानसँग अहिलेको गतिरोधमाझ थोरै मात्रै विकल्पहरू छन्

जुनको मध्यमा लद्दाखको सीमा क्षेत्रमा भएको कलहमा २० भारतीय सेना मारिएका थिए भने चिनियाँ पक्षमा कति जना हताहत भए भन्ने खुलेको छैन।

भारतीय विश्लेषकहरूका अनुसार थुप्रै चरणमा वार्ताहरू भए पनि चीन उक्त क्षेत्रबाट फिर्ता हुन अस्वीकार गरिरहेको छ।

भारतका छिमेकीहरू चीनको बढ्दो सैन्य र आर्थिक सामर्थ्यसँग उस्ले कसरी जुध्ने निर्णय गर्छ भनेर निकट रूपमा हेरिरहेका छन्।

भारत पनि आफू हारेको देखिन चाहँदैन।

“सबै देशलाई थाहा छ चीनको वास्तविकता। हामीले भौगोलिक यथार्थलाई पनि स्वीकार्न आवश्यक छ। विश्वसँगको हाम्रो पहुँच भारत मार्फत हो। भारतलाई बेवास्ता गरेर चीनसँग जान खोजे पनि त्यो आत्मघाती हुन्छ भन्ने छ,” परिचय खुलाउन नचाहने एक भुटानी विश्लेषकले भने।

उनका अनुसार अबको बाटो के हुनसक्ला भने चीनसँग पनि कुरा गरिरहने र सँगसँगै भारतको सुरक्षा चासोलाई पनि सम्मान गर्ने।

इतिहासकार डा. फुन्त्शो भन्छन् भारत र चीनले आफ्नो शक्ति शान्तिका लागि नभई अस्थिरता ल्याउनका लागि प्रयोग गर्छन्।

भुटानजस्तो सानो देशका लागि चिन्तित अवस्थामा रहनुको विकल्प नभएको उनी बताउँछन्। बिबिसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x