चीन विरुद्ध नेपाली जनता मैदानमा किन आखिर अत्याचार कहिलेसम्म सहने
काठमाडौँ । बुधवार काठमाडौँको माइतीघरमा स्वतन्त्र नागरिक समूहले चीनविरुद्ध विरोध प्रदर्शन गरिरहेको बेला चिनमा रहेको कम्युनिस्ट शासनको सरकार नराम्रो सङ हल्लिएको छ । अहिले चीनको तर्फबाट कोरोनाको बहानामा बिगत २ बर्ष देखि चीन बाट हुँदै गरेको आयात ठप्प पारेको हो ।
अहिले रसुवा र तातोपानी नाकाको अघोषित नाकाबन्दी हटाउन, उत्तरी भेगका विभिन्न जिल्लामा नेपाली भूमि अतिक्रमण र चीनमा अध्ययनरत नेपाली विद्यार्थीको पढाइ सुचारुका लागि त्यहाँ जान दिन माग गर्दै चीनविरुद्ध प्रदर्शन भएको हो । चीनले नेपालमा आफ्नो विशेष शुत्रको माध्यमले फ़ेरि कम्युनिस्टलाई मिलाउने व्यापक श्रोत साधन पैसा परिचालन गरेको एक जना श्रोतको दावी रहेको छ । चीनले आफू नेपालमा हितैसी बन्ने प्रयास गरेको हो तर उसको यो अर्थ किन भन्न खोजेको छैन कि सिमानाका आयात निर्यातमा समेत अघोषित नाकाबन्दी मुख्य कारण के हो ? कतै एमसीसीको पर्खी राखेको छ कि जस्तो अभास हुन लागेको छ । यता पीडित जनता चीन विरुद्ध रोडमा आउन शुरु भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले समेत नेपाली विद्यार्थीलाई चीन फर्किन दिने काम र नाकामा सहजताका लागि उल्लेख्य पहल नगरेका बेला राजधानीमा ठुलो प्रदर्शन भएको हो । चिनियाँ मौन हस्तक्षेपकारी भुमीकाविरुद्ध जनस्तरबाटै उग्र विरोध एवं प्रदर्शन हुन थालेपछि अहिले चिनियाँ राजदूत यान्छिसमेत दबाबमा परेकी हुन उनले गरेको अथक प्रयास बिफल हुने संकेत देखा पर्न थालेको छ ।
नेपाली विद्यार्थीलाई चीन फर्किन दिने र नाकामा सहजताका लागि देशभर भइरहेको प्रदर्शनले यान्छिदेखि बेइजिङसम्म असर पार्न सक्ने देखिएको छ । खास गरी चीनले कमला नदीमा आफ्ना योजना अघि बढाउन खोजिरहेका बेला बढिरहेको आन्दोलने बेइजिङसम्मै झड्का दिन सक्ने देखिएको हो ।
हिजो मात्रै पनि जनकपुरमा राष्ट्रिय एकता अभियानले चीनविरुद्ध ठुलो प्रदर्शन गरेको थियो । आज, माइतीघरमा दर्जनौँ युवाहरूले चिनियाँ मौन हस्तक्षेपकारी भूमिका र रणनीतिको विरोध गर्दै ठुलो आन्दोलन गरेका हुन् । आखीर चीनले गरेको विभिन्न खालका सडयन्त्रको पोल खुल्न शुरु हुन थालेको कारण नेपाली जनतामा आक्रोश उठना थालेको छ ।


