११ आश्विन २०८३, आईतवार

हत्या गराउनका लागि पाकिस्तान बाट आएको थियो पैसा , भयो यस्तो खुलासा

एसीपी संवाददाता

१४ माघ २०७८, शुक्रबार ०२:४३ मा प्रकाशित

लन्डन – बेलायतमा रहेका पाकिस्तानी गोहिर खानको सुनुवाइको तेस्रो दिन एक नयाँ रहस्य खुलेको छ। एक नेदरल्यान्डमा रहेका ब्लगर तथा अभियन्ता अहमद वाकस गोरयाको हत्याका लागि पाकिस्तानी अधिकारीहरुले गोहिरलाई बैंकमार्फत भुक्तानी गरिएको खुलेको छ।

पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार पाकिस्तनी बैंकमार्फत उक्त हत्याको सुपारीका लागि भुक्तानी गरिएको पाइएको हो। मध्यस्तकर्ता रहेका मुजामिलले ५००० पाउन्ड रकम मुहम्मद अमिन असिफको खातामा जम्मा गरेको खुलेको हो।

त्यसैगरी चार हजार ८८८ पाउन्ड रकम छुट्टै हुण्डीमार्फत बेलायत पठाइएको पाइएको हो। यो रकम यात्रा र पीसीआर परीक्षणका लागि भन्दै छुट्टै उपलब्ध गराइएको पाइएको हो। गोरयाको हत्याका लागि मुजामिल, मुड्ज, पापा र मुस नेदरल्याण्ड प्रस्थान गरेको र आफू एक अर्कै व्यक्तिमार्फत उक्त सम्झौतामा संलग्न भएको मोहम्मद खानले बताएका छन्।

ती मध्यस्थकर्ताले प्रहरीले पत्ता लगाउन नसक्ने गरी कसरी बैंकबाट त्यो हत्याको सुपारी लिने व्यक्तिसम्म रकम पुर्याउने भन्ने विषयमा थाहा रहेकोले उनीमार्फत उक्त रकम पठाइएको बताइएको छ। ती मध्यस्थकर्ता र आफूले कसरी रकम पठाउने भन्ने विषयमा दिनभरी सोचेको र दोस्रो दिन बैंकमार्फत उक्त रकम पठाएको बताइएको छ।

खानले आफू एक सुपरमार्केटमा काम गरिरहेको र एक दिन मुजामिल नाम गरेका ती व्यक्तिले राम्रो रकम उपलब्ध गराउने तर बैंकमार्फत पैसा पठाउन सहयोग गर्नुपर्ने बताएका थिए। पैसा पठाउँदा आफूलाई पनि फाइदा हुने भएकोले संलग्न भएको खानले बताएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x