२२ कार्तिक २०८३, शनिबार

चेपुवामा नेपाल

एसीपी संवाददाता

८ फाल्गुन २०७८, आईतवार ०६:०३ मा प्रकाशित

पश्चिमा मुलुकमात्र होइन, जापान, दक्षिण कोरिया, ताईवान, भियतनाम, थाईल्याण्ड, भारत, अस्ट्रेलिया जस्ता महत्वपूर्ण मुलुकहरूमा युद्धको खतरालाई प्रतिरोध गर्ने रणनीतिक तयारी पनि सँगसँगै चलिरहेको छ । महाशक्ति राष्ट्रको ताज अमेरिकाबाट एशियाको चीनमा सर्ने प्रवल सम्भावना देखिएको छ । तर नेपालजस्ता विपन्न मुलुक शक्तिराष्ट्रको रणभूमी बन्ने खतरा त्यति नै बढिरहेको छ । शक्तिराष्ट्रहरू आपसको युद्ध आफ्नै भूमिमा होइन, तेस्रो मुलुकमा लड्ने गर्छन् ।

बजेट, सैनिक संख्या र वायु तथा नौसैनिक क्षमतामा आधारित यी अङ्कहरूबाट के पनि देखिन्छ भने कुनै काल्पनिक युद्धमा चीन विजेता बन्नेछ । हवाई शक्तिमा अमेरिका, समुद्रमा चीन र स्थल शक्तिमा रूस शक्तिशाली छन् ।

भारत सैन्य शक्तिको मामिलामा संसारको चौथो स्थानमा भएको भारतको आधिकारिक दावी छ । विभिन्न तथ्याङ्कबाट चौथो सबभन्दा बढी शक्तिशाली सेना भारतसँग भएको देखिन्छ । मिलिट्री डाईरेक्टको ‘सैन्य ताकत सूचकाङ्क’ मा चीनलाई १०० पूर्णाङ्कमा अमेरिकाभन्दा बढी अर्थात ८२ अङ्क दिईएको छ, जहाँ अमेरिकाले ७४ अङ्क पाएको देखिन्छ । सूचकाङ्कमा ६९ अङ्कका साथ रूस तेस्रो, भारत ६१ अंकका साथ चौथो र ५८ अंकका साथ फ्रान्स पाचौं स्थानमा रहेका छन् । बजेट, सैनिक संख्या र वायु तथा नौसैनिक क्षमतामा आधारित यी अङ्कहरूबाट के पनि देखिन्छ भने कुनै काल्पनिक युद्धमा चीन विजेता बन्नेछ । हवाई शक्तिमा अमेरिका, समुद्रमा चीन र स्थल शक्तिमा रूस शक्तिशाली छन् ।

अमेरिकासँग १४१४१ लड़ाकु विमान, रूससँग ४ हजार ६८२ वटा विमान र र चीन ३ हजार ५८७ विमानद्वारा हवाईयुद्धमा चोटिलो प्रहार गर्नसक्छ । साथै ५४ हजार ८६६ स्थलगत लडाकु बाहनका साथ रुस, ५० हजार ३२६ स्थल लडाकु बाहनका साथ अमेरिका, र ४१ हजार ६४१ स्थलगत लडाकु बाहनका साथ चीनलाई हराउन सक्छ । त्यसैगरी चीनसँग ४०६ सैन्य पानीजहाज, रुस २७८ जहाज, र अमेरिकासँग २०२ जहाजका साथ समुद्री लडाईं जित्नसक्छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘चिनियाँ जनमुक्ति सेना’ लाई आगामी १५ वर्ष (सन् २०३५) भित्रमा सम्पूर्ण रुपले आधुनिकीकरण भइसक्नुपर्ने निर्देशन जारी गरेका छन् । साथै प्रशान्त क्षेत्रीय सैनिक कमान्डलाई ‘जुनसुकै बेला युद्ध लड्नुपर्ने हुँदा युद्धको लागि सदैव तम्तयार रहन’ पनि निर्देशन दिएका छन् । निकट भविष्यमा चीनको अभिन्न अंग मानिएको ताईवानलाई ‘आवश्यकता परेमा युद्धद्वारा, भरसक शान्तिपूर्ण प्रक्रियाद्वारा’ मूख्यभूमी चीनमा समाहित गर्ने चीनको तयारी छ । चीनले भियतनाम युद्ध (१९७९) पछि युद्ध गर्नुपरेको छैन । त्यसकारण उसको पूर्ण सैन्य सामथ्र्य र लडाकूपनको परीक्षण नै भएको छैन ।

अमेरिकासँग ५,५५० त्यस्ता अस्त्र रहेको र चीनले उक्त लक्ष्य भेट्टाउन अझै लामो समय लाग्ने परमाणु शक्ति विशेषज्ञहरूको ठम्याई छ । त्यसैले आवाजको गतिभन्दा ५ गुणाले छिटो उड्ने हाइपरसोनिक क्षेप्यास्त्रहरू विकास गरेर चीनले छिटो लक्ष्य हासिल गर्न चाहिरहेको देखिन्छ ।

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सम्झौता भईसकेको छ । सन् २०२० मा बेलायतमा भएको जी–७ को बैठकले चीनलाई नियन्त्रणमा राख्ने केही रणनीतिक योजनामा सहमति भएको थियो । चीनले आफ्नो रक्षा खर्चको तथ्याङ्क औपचारिक रुपमा जति सार्वजनिक गर्छ, उसले आफ्ना सुरक्षा अङ्गलाई दिने गरेको बजेट त्योभन्दा निकै बढी हुनेगरेको अनुमान पश्चिमी राष्ट्रहरू गर्दछन् । सैन्य बजेटको बारेमा उक्त अध्ययनमा अमेरिकाको सैन्य बजेट ससारकै सबभन्दा अगाडि छ । उसले प्रत्येक वर्ष आफ्नो सेनाको लागि ७३२ अर्ब डलर खर्च गर्दछ, जब कि चीनको सैन्य बजेट २६१ अर्ब डलर र भारतको ७१ अर्ब डलर छ, जो संसारकै तेस्रो ठूलो रक्षा बजेट हो । अमेरिका पछि सैन्य क्षेत्रमा बढी खर्च गर्ने मुलुकमा चीन नै भएको विश्लेषण गरिन्छ ।

चीनले सैनिक रोबोटिक र क्षेप्यास्त्र निर्देशन प्रणालीमा आर्टिफिसिअल इन्टेलिजन्सको प्रयोग गरिरहेको हुनसक्ने सङ्केत पाईएको छ । त्यसका साथै मानवरहित हवाई र जलसाधनमा पनि आर्टिफिसिअल इन्टेलिजन्सको प्रयोग गरिएको हुनसक्छ ।

गत नोभेम्बरमा अमेरिकी रक्षा मन्त्रालयले चीनले यो दशकको अन्त्यसम्म आफ्नो परमाणु भण्डार चार गुणाले बढाउने भविष्यवाणी गरेको थियो । सन् २०३० को अन्त्यसम्म १,००० वटा परमाणु क्षमतायुक्त क्षेप्यास्त्र विकास गर्ने योजना बनाएको बताइन्छ । अमेरिकासँग ५,५५० त्यस्ता अस्त्र रहेको र चीनले उक्त लक्ष्य भेट्टाउन अझै लामो समय लाग्ने परमाणु शक्ति विशेषज्ञहरूको ठम्याई छ । त्यसैले आवाजको गतिभन्दा ५ गुणाले छिटो उड्ने हाइपरसोनिक क्षेप्यास्त्रहरू विकास गरेर चीनले छिटो लक्ष्य हासिल गर्न चाहिरहेको देखिन्छ ।

यसै वर्षको गर्मीयाममा उसले गरेका दुईवटा रकेट परीक्षणले चिनियाँ सेना उक्त अस्त्र हासिल गर्ने चरणमा रहेको बलियो अनुमान छ । हालैका वर्षमा चीनले आफ्ना परमाणु क्षमतायुक्त क्षेप्यास्त्रको सङ्ख्या बढाईरहेको निष्कर्ष छ । तर उसले यी विश्लेषण वा दावीलाई ठाडै अस्वीकार गर्दैआएको छ । हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको पनि अस्वीकार गरेको छ । हाइपरसोनिक क्षेप्यास्त्रले एअरक्राफ्ट क्यारिअरको प्रतिरक्षालाई विशेष रूपमा अप्ठेरो बनाउँछ ।

चीन अहिले हस्तक्षेपकारी प्रविधि, त्यसमा विशेषगरि आर्टिफिसिअल इन्टेलिजन्सको प्रयोग गरी भावी सैनिक रणनीति विकास गर्न कटिबद्ध रहेको अमेरिकी रक्षा मन्त्रालय बताउँछ । चीनले सैनिक रोबोटिक र क्षेप्यास्त्र निर्देशन प्रणालीमा आर्टिफिसिअल इन्टेलिजन्सको प्रयोग गरिरहेको हुनसक्ने सङ्केत पाईएको छ । त्यसका साथै मानवरहित हवाई र जलसाधनमा पनि आर्टिफिसिअल इन्टेलिजन्सको प्रयोग गरिएको हुनसक्छ ।

अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो जलसेना (नेभी) ले सुसज्जित मुलुक बन्ने क्रममा छ । अहिले जलसेनाको क्षमतालाई आधार मान्दा ११ वटा एअरक्राफ्ट क्यारियर भएकोले अमेरिका चीनभन्दा धेरै अगाडि छ चीनसँग एयरक्राफ्ट क्यारियर दुईटा मात्र । अमेरिकासँग भएका शक्तिशाली युद्धपोत वा लडाकु विमान संवाहक जहाजबारे चीनले ‘साम्राज्यवादको संवाहक’ भनेर खुबै निन्दा गरेको थियो ।

आजकाल उससँग त्यस्ता दुईटा एयरक्राफ्ट हुनुलाई ‘प्रतिरक्षा व्यवस्थाको लागि’ भन्ने तर्क दिन्छ । अमेरिकासँग परमाणु क्षमतायुक्त पनडुब्बी र ठूला युद्धपोत पनि बढी छन् । सन् २०२० देखि २०४० सम्म चिनियाँ नौसेनाको जहाजको संख्या करिब ४० प्रतिशतले बढ्ने अमेरिकी जलसेनाले भविष्यवाणी गरेको छ । (एजेन्सीहरूको सहयोगमा)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x