११ आश्विन २०८३, आईतवार

गो ब्याक चाइना’काे नारा लगाउँदै वीरगञ्जमा चिनियाँ राष्ट्रपतिकाे पुतला दहन

एसीपी संवाददाता

१५ माघ २०७८, शनिबार ०२:१४ मा प्रकाशित

काठमाडौं – राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेपविरूद्ध पर्सामा प्रदर्शन गरेको छ। पर्साकाे वीरगञ्जस्थित घण्टा घरमा भएको प्रदर्शनको क्रममा चिनियाँ राष्ट्रपति सी चिङपिङविरूद्ध चर्को नाराबाजी लगाइएको छ।

प्रदर्शनकाे क्रममा अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा समेत लगाएका थिए।

त्यस्तै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर पनि चीनविरुद्ध नारा लगाइएकाे थियाे।

अभियान निकट राष्ट्रिय विधार्थी परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहाको नेतृत्वमा भएकाे प्रदर्शनमा चिनियाँ चिनियाँ राष्ट्रपति सी चिङपिङकाे पुतला पनि दहन गरिएकाे छ ।

पछिल्लो समय नेपालमा चिनियाँ हस्तक्षेप बढेको महशुस हुन थालेको छ। चिनिया राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x