१३ मंसिर २०८३, शनिबार

एमालेको भ्रातृ संगठन अनेरास्वियुद्वारा आन्दोलन घोषणा

एसीपी संवाददाता

१७ माघ २०७८, सोमबार ०१:३७ मा प्रकाशित

काठमाडौँ। नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आइतबार संगठनकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् ।

विज्ञप्तीमा समयमै निष्पक्ष निर्वाचनको सुनिश्चितताको माग पूरा नभए लाखौँ विधार्थीलाई सडकमा उतार्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

संगठनले माघ १७ गते देशैभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गराउने कार्यक्रम सार्वजनिक गरेको छ ।

अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्न दबाब दिन क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x