१३ मंसिर २०८३, शनिबार

राप्रपाका युवा नेता ऋषिराज देवकोटा सहायक-महामन्त्रीमा मनोनित

एसीपी संवाददाता

१७ माघ २०७८, सोमबार ०५:१८ मा प्रकाशित

राप्रपाका युवा नेता ऋषिराज देवकोटा सहायक-महामन्त्रीमा मनोनित भएका छन् । राप्रपाको आइतवार बसेको केन्द्रिय समितिको बैठकले उनलाई सहायक-महामन्त्रीमा मनोनित गरेको हो ।
यसअघि भएको महाधिवेशनमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राप्रपा नेता डा. धवलशमशेर राणा महामन्त्रीमा निर्वाचित भएका थिए । सहायक-महामन्त्रीमा मनोनित भएपछि देवकोटाले पार्टीले दिएको जिम्मेवारीलाई आफ्नो कर्तव्य सम्झेर राप्रपालाई एउटा बलियो प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । उनी राप्रपाको भातृ संगठन युवक संगठनका केन्द्रिय उपाध्यक्ष समेत हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x