१३ मंसिर २०८३, शनिबार

एमसीसीले देउवा र ओलि मिलन गराउछ कि ?

एसीपी संवाददाता

१८ माघ २०७८, मंगलवार ०३:२० मा प्रकाशित

काठमाडौं: नेपाली काग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनमा रहेका दलहरुका शिर्ष नेतालाई एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन टुटाउँने चेतावनी दिएको खबर बाहिरिए पछि राजनिती तरंगित भएको छ ।

देउवाको प्रस्तावले सत्तागठबन्धनमा तरंग गएका बेला केहि समय अघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री देउवाको विच भएको भेटवार्ताको भित्री कुरा पनि खुलासा भएको छ । ओली देउवा विच भएको कुराकानी बाहिरिए पछि प्रचण्ड र माधव नेपाल झन झस्कीएका छन् ।

एमालेओलीले प्रधानमन्त्रीसामू सभामुख अग्नि सापकोटालाई हटाए प्रतिनिधिसभाको अवरोध खोल्ने र अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अनुमोदन गर्न सघाउने प्रस्ताव गरेको खुलेको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी नेता ओलीलाई भेट्न २४ पुसमा उनकै निवास बालकोट पुगेका थिए । ओलीलाई विस्थापित गरेर देउवा प्रधानमन्त्री भएपछि उनीहरुबीच पहिलोपटक भएको औपचारिक भेट करिब एक घण्टा चलेको थियो ।

त्यो भेटमा प्रधानमन्त्री देउवाले संसद अवरोध खोल्न र एमसीसी अनुमोदनका लागि सहयोग मागेका थिए । प्रधानमन्त्री देउवाले हालै मात्र गठबन्धनका केही शीर्ष नेताहरु र पार्टीका आफू निकट नेताहरुलाई बताएअनुसार ओलीले सभामुख हटाए संसद अवरोध खोल्ने र एमसीसी पास गर्न पनि सघाउने जवाफ दिएका छन् ।

‘केपीजीले सभामुखलाई हटाऔं, त्यसमा तपाईंले गठबन्धनका अरु नेताहलाई सहमत गराउनुस् । एमसीसी पास गर्न म समर्थन गर्छु भन्नुभएको रहेछ,’ प्रधानमन्त्रीको ब्रिफिङ सुनेका कांग्रेसका एक नेताले बताए ।

प्रधानमन्त्री देउवा शुरुदेखि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् । तर सत्ता गठबन्धनमा सहमति जुटाउन सकेका छैनन् । खासगरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न तयार देखिएका छैनन् ।

तर ओलीले सभामुख हटाए वा सत्ता गठबन्धन टुटाए सघाउन वचन दिएका कारण उनले फेरि एमसीसी अनुमोदन गर्ने प्रयत्न थालेका छन् । शनिबार स्थानीय तह निर्वाचनबारे छलफल गर्न बोलाएको गठबन्धनको बैठकलगत्तै उनले एमसीसीबारे सरकारमा भएका चार दलका शीर्ष नेताहरु र एमसीसी अध्ययनका लागि बनेको कार्यदलका सदस्यहरुसँग छलफल गरेका थिए ।

त्यो छलफलमा पनि उनले एमसीसी अगाडि बढाउने र साथ नदिए सत्ता गठबन्धन टुट्न सक्ने बताएका थिए । ‘उहाँले अर्को कम्युनिस्ट पार्टी सत्तामा बस्ने, अनि मैले एमसीसी पास गर्न सघाउने हुन सक्दैन भन्नुभएको छ । गठबन्धन टुटाउने हो भने एमसीसी पास गर्न सघाउने र सत्ता एक्लै चलाउने दिन्छु प्रष्ट सन्देश ओलीले दिएका छन्,’ कांग्रेसका एक नेता भन्छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x