१३ मंसिर २०८३, शनिबार

प्रधानमन्त्रीको कडा निर्णयले मच्यो खैलाबैला

एसीपी संवाददाता

१९ माघ २०७८, बुधबार ०१:४१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति तोकेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन जेठको पहिलो साता अर्थात चार गते चुनाव हुने जानकारी गराएका छन् ।

नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ नेतृत्वको टोलीसँग सोमबार बालुवाटारमा भएको भेटवार्तामा देउवाले जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गरिने बताए ।

‘पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले स्थानीय तहको निर्वाचन जेठको पहिलो हप्ता हुन्छ भन्नुभएको छ । सम्भवत जेठको ४ गते हुनेछ,’ बाग्मती कांग्रेसका सह–महामन्त्री ऋषिराम घिमिरेले भने ।

बाग्मती कांग्रेसका सभापति बानियाँले स्थानीय तहको निर्वाचनका विषयमा विभिन्न समाचार र टिकाटिप्पणी आएको भन्दै प्रधानमन्त्री एवम् पार्टी सभापति देउवासँग जिज्ञासा राखेका थिए ।

त्यसको जवाफमा प्रधानमन्त्री देउवाले जेठको ४ गते स्थानीय तहको निर्वाचन गर्ने विचारमा आफू रहेको जानकारी गराएका थिए । एमालेले स्थानीय तहको निर्वाचनलाई लिएर विभिन्न फण्डाहरू गरिरहेका बेला प्रधानमन्त्री देउवाले पहिलो पटक स्थानीय तहको निर्वाचनका विषयमा प्रतिक्रिया दिएका छन् ।

देउवाको घोषणाले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको खुट्टा कामेको चर्चा शुरु भएको छ । कांग्रेसले अब स्थानीय तहको निर्वाचनको तयारी शुरु गरेको देउवाको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x