१३ मंसिर २०८३, शनिबार

एमसीसी बारेमा ३ दलमा सहमति यसरी पास हुदै छ

एसीपी संवाददाता

२० माघ २०७८, बिहीबार ०१:३१ मा प्रकाशित

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका तीन शीर्ष नेताबीच अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परिमार्जन गर्दै पारित गर्न सकिने विषयमा छलफल भएको छ ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच यस बिषयमा छलफल भएको हो ।

नेपाल समुहले एमसीसी सम्बन्धी दस्तावेजमाथि अध्ययन गरिरहेका बेला देउव, प्रचण्ड र नेपालबीच एमसीसी परिमार्जन गर्नका लागि पहल गर्न छलफल भएको स्रोतले जनाएको छ ।

गठबन्धन पनि जोगिने र एमसीसी पनि पास हुनसक्ने यस किसिमको विकल्पमा शीर्ष तीन नेता लागेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x