१८ आश्विन २०८३, आईतवार
चीनको शितकालिन बेइजिङ ओलम्पिकमा अमेरिकी खेलाडीहरुलाई फोन नबोक्न चेतावनी
बेइजिङः अमेरिकी गुप्तचर एजेन्सी एफबिआईले शीतकालीन बेइजिङ ओलम्पिक्स २०२२ मा सहभागी आफ्ना खेलाडीहरुलाई फोन नबोक्न चेतावनी दिएको छ। सुरक्षा खतराको कारण देखाउँदै एफबिआईले आफ्ना खेलाडीहरुलाई कुनै पनि फोन नबोक्न चेतावनी दिएको हो।
खेलाडीहरुले प्रयोग गर्ने मोबाइल फोनमा साइबर हमला हुनसक्ने र सुरक्षा खतरा हुनसक्ने भन्दै ओलम्पिक्समा सहभागी हुन लागेका आफ्ना खेलाडीलाई सो चेतावनी दिइएको एफबिआईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सो सम्बन्धमा अमेरिकी टिम र अन्तर्राष्ट्रिय ओलम्कि समितीले तत्काल कुनै पनि प्रतिक्रिया नजनाएको बताइएको छ। यसवर्षको शीतकालीन बेइजिङ ओलम्पिक्स शुक्रबारदेखि सुरु हुँदैछ।
Subscribe
Login
0 Comments


