सभामुख सापकोटाको छोरा मोह चिनको राजदुत बनाउने दबाव
काठमाडौं। यतिबेला सत्ता गठबन्धनमा केही तनावको अवस्था सिर्जना भएको छ । यसै बेला सरकारले रिक्त रहेका देशमा राजदूत नियुक्तीको तयारी समेत सुरु गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आवद्ध पाँच दलका नेताहरुसँग भागबण्डाअनुसार राजदूतको लागि नाम दिनसमेत निर्देशन दिइसकेका छन् ।
पाँच दलीय भागबण्डाअनुसार चीनको राजदूत नेकपा माओवादी केन्द्रको कोटामा परेको छ । माओवादी केन्द्रले कसलाई राजदुत नियुक्त गर्ने भन्ने टुंगो लगाइसकेको अवस्था भने छैन् ।
यस्तोमा सभामुख अग्निप्रसाद सापकोटाले आफ्ना छोरा रुपक सापकोटालाई चीनको राजदूत बनाउनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमार्फत लविईङ गरिरहेको खुल्न आएको छ ।
सभामुखका सापकोटाका छोरा रुपकले चीनको रेनमिन् विश्वविद्यालयबाट भूराजनीतिक विषयमा विद्यावारिधी गरेका छन् ।
यद्यपि, एमसीसीको विरोधमा लागेका सभामुख सापकोटाको छोरालाई राजदुत बनाउने बिषय भने अघि बढ्न नसक्ने देखिएको छ ।
खास गरी प्रधानमन्त्री देउवाले नै सभामुख सापकोटाका छोरालाई राजदूत नियुक्ती नगर्ने गरी कदम चालेका छन् ।
माओवादी केन्द्रकै अध्यक्ष दाहालले नै सभामुख सापकोटाका छोराको नाम अघि सारे पनि प्रधानमन्त्री देउवा सकारात्मक नरहेको स्रोतको दाबी छ ।
यसअघि कांग्रेसले आफ्नो कोटाबाट भारत, बेलायत र अमेरिकाको लागि राजदूत नियुक्त गरिसकेको छ ।
सरकारले भारतमा डा शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई र अमेरिकाको लागि श्रीधर खत्रीलाई नियुक्त गरिसकेको छ । उनीहरुको संसदीय सुनुवाई पनि सम्पन्न भैसकेको छ ।


