युएईले फेरी दुश्मनका तीन वटा ड्रोन खसाल्यो
संयुक्त अरब इमिरेट्स (युएई) ले बुधबार दुश्मनका धेरै ड्रोनहरू खसालेको छ । पछिल्लो हप्तामा यस्तो चौथो आक्रमण हो । ‘ट्रु प्रमिस ब्रिगेड’ नामक समूहले यस हमलाको जिम्मेवारी लिएको बताईएको छ ।
अधिकारीहरूले आक्रमण इराकबाट गराइएको हुनसक्ने अनुमान गरेका अन्तराष्टिय सञ्चार माध्यमले रिर्पोट गरेका छन् । यसअघि यमनको अधिकांश भूभाग कब्जा गरेका इरान समर्थित हुथी विद्रोहीले तीन वटा आक्रमणको जिम्मेवारी लिएका थिए । युएईको रक्षा मन्त्रालयले बुधबार राति शत्रुका तीन वटा ड्रोन खसालेको बताएको छ । ड्रोनहरू जनसंख्या भएको क्षेत्रबाट टाढा खसे । यसअघि अवलिया वाद अल-हक वा ’ट्रु प्रामिस ब्रिगेड’ सँग लिङ्क गरिएको अनलाइन खाताले अबु धाबीमा विभिन्न महत्त्वपूणर् लक्ष्यहरूलाई लक्षित गर्न चारवटा ड्रोन प्रक्षेपण गरिएको दाबी गरेको थियो । इराक र यमनमा इमिरेट्सको नीतिको जवाफमा आक्रमणहरू गरिएको थियो ।



