आणविक क्षमता भएका छिमेकी सँग सीमा विवाद र प्रोक्सी युद्धले सुरक्षा संयन्त्रमा चुनौती : नरवणे
भारतीय सेना प्रमुख जनरल एमएम मनोज मुकुन्द नरवणेले छिमेकी देशबाट उत्पन्न हुने राष्ट्रिय सुरक्षा चुनौतीबारे भारतले भविष्यमा हुन सक्ने द्वन्द्वको केही झलक अझै पनि देखिरहेको बताएका छन ।
यसका विरोधीहरूले आफ्ना रणनीतिक लक्ष्यहरू प्राप्त गर्न हर सम्भव प्रयास जारी राख्नेछन् । बिहीबार एक सेमिनारलाई सम्बोधन गर्दै जनरल नरवणेले भने, ‘भारतले विभिन्न, कठिन र बहु-स्तरीय सुरक्षा चुनौतीहरूको सामना गरिरहेको छ । उत्तरी सीमानाका घटनाक्रमले पूणर्तया तयार र सक्षम सेनाको आवश्यकतालाई जोड दिएको छ ।’
उनले देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न अग्रपंक्तिमा रहेका सेनालाई आधुनिक प्रविधिले सुसज्जित बनाउनुपर्ने बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन ।
सेना प्रमुखले आणविक क्षमता भएका छिमेकीहरू सँगको सीमा विवाद र राज्यद्वारा प्रायोजित प्रोक्सी युद्धले सुरक्षा संयन्त्र र स्रोतसाधनमा चुनौती थपेको बताए ।
उनले भने, ‘सूचना क्षेत्र, सञ्जाल र साइबरस्पेसमा हामीले हरेक दिन यसको प्रमाण देखिरहेका छौं ।’ यसबाहेक अस्थिर र विवादित सीमामा पनि यो खेल खेलिने गरेको छ । नरभानेले अब यी हाइलाइटका आधारमा भावी द्वन्द्वको मूल्याङ्कन गर्ने आफनो हातमा रहेको बताएका छन ।
राजनीतिक, सैन्य र आर्थिक क्षेत्रमा राष्ट्रविरोधी गतिविधि मार्फत सङ्घर्ष चलाइने र पूर्वी लद्दाखमा भएको गतिरोधको सन्दर्भमा सेना प्रमुखले भने, ‘२०२० को घटनाहरूले सबै क्षेत्रमा विभिन्न सुरक्षा खतराहरूको संकेत दिन्छ । यसले गैर-सम्पर्क (साइबरस्पेस आदि) र हानिकारक गतिविधिहरू मार्फत द्वन्द्वप्रति ध्यानाकर्षण गरेको छ । हामीले आमनेसामने र गैर-सम्पर्क द्वन्द्वको लागि हाम्रो क्षमताहरू बढाउन आवश्यक छ ।’
उनले केही राष्ट्रहरूले विश्वव्यापी रूपमा स्वीकृत मान्यता र नियमहरूमा आधारित प्रणालीलाई चुनौती दिइरहेका समेत बताए छन् ।
उत्तरी सीमानामा सेना परिचालनमा जोड
सेना प्रमुखले शत्रु देशले आफ्नो लक्ष्य हासिल गर्न हरसम्भव प्रयास गरिरहेको बताउदैँ चीन र पाकिस्तान सँगको देशको सम्बन्धलाई ध्यानमा राख्दै उत्तरी सीमानामा अत्याधुनिक प्रविधियुक्त हतियार सहितको सशस्त्र बल तैनाथ गर्नुपर्ने बताए । केही समय यता चीन र भारत बीच तनाव झनै बढ्दै गएको छ ।


