१३ मंसिर २०८३, शनिबार

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

एसीपी संवाददाता

२५ माघ २०७८, मंगलवार ०२:२५ मा प्रकाशित

काठमाडौं। सत्तासाझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८ र २९ गतेका केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिए पनि अहिले सत्तागठबन्धनमा उत्पन्न तनाव र एमसीसीलगायतका बिषयमा बिशेष छलफल हुने बुझिएको छ ।

कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रुपमा नै बस्न लागेको हो ।

गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।

बैठकमा केन्द्रीय सदस्यको मनोनयन, पोलिटव्यूरो , स्थायी समितिको चयन एवम् पदाधिकारी चयन गर्ने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको माओवादीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x