१३ मंसिर २०८३, शनिबार

कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइराला दिए कडा निर्णय हल्लियो कम्युनिस्ट गठबन्धन

एसीपी संवाददाता

२८ माघ २०७८, शुक्रबार १७:४८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले १४औं महाधिवेशनपछि पहिलोपटक कडा बोलेका छन् ।

कोइरालाले सत्ता गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा खैलाबैला हुनेगरी बोलेका हुन् । शशांकले सानेपास्थित केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोलेको कुराले तरंग ल्याएको छ ।

प्रचण्ड र माधव नेपालको मुटु हल्लिनेगरी शशांकले कांग्रेसले आसन्न निर्वाचन एक्लै लड्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । कोइरालाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने उनको भनाइ छ पूर्वमहामन्त्री कोइरालाले पार्टीले आफ्नो अस्तित्वका लागि पनि गठबन्धन गर्न नहुने धारणा राखे ।

‘अब हामीले आफ्नो अस्तित्व जोगाउनुपर्छ, कोही अर्को पार्टीसँग नमिली (निर्वाचनमा) जानुपर्छ’ कोइरालाले आफूले बैठकमा राखेको धारणाबारे भने । कांग्रेसभित्र प्रचण्ड र माधवसँग चुनावमा गठबन्धन गर्न नहुने र सिंगल सिंगल लडेर कम्युनिस्टहरुलाई धुलो चटाउनुपर्ने जनमत बढ्दै गएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x