७ कार्तिक २०८१, बुधबार

नरैनापुर गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएका ८ जनाको सम्पर्कमा आएकाहरुको स्वाब संकलन जारी

एसीपी संवाददाता

३ जेष्ठ २०७७, शनिबार १३:१४ मा प्रकाशित

बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएका ८ जनाको सम्पर्कमा आएका २ सय ६३ जनाको स्वाब संकलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा शनिबार मध्यान्हदेखि स्वाब संकलन गरिएको जानकारी दिनुभयो । उहाँले नरैनापुरलाई विशेष प्राथमिकतामा राखेर कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनको काम गर्ने बताउनुभयो । संक्रमितहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेकाले क्वारेन्टाइनमा रहेकाहरुसहित सम्पर्कमा आएका अन्य ब्यक्तिको पनि स्वाब लिइने गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । नरैनापुरको लक्ष्मणपुरमा ८७ जना, हुलापुरवामा ७२ ,दिपेन्द्रमाबि ३९ ,जय किशान माबि ६५ गरी २६३ को स्वाब संकलन गरिएको छ । विभिन्न क्वारेन्टाइनमा अहिले ५ सय बढी बाँकी रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x