२० कार्तिक २०८३, बिहीबार

बल्ल बुझे कम्युनिस्ट नेताहरूले चीनले गरेको अघोषित नाकाबन्दी नाका खुलाउने पहलमा सभामुख

एसीपी संवाददाता

२६ चैत्र २०७८, शनिबार ०४:०७ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन्। शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरुपमा विस्तार गरी सहज ढङ्गले सञ्चालन गर्न जोड दिएका हुन्। केही महिना पहिले  चिनियाँ नाका खुलाइदिन परराष्टमन्त्री खडकालाई ज्ञापन-पत्र  समेत बुझाएको भए अहिले नाका सहज हुने सकेको छैन ।

तातोपानीको लिपिङमा रहेको मितेरी पुल नेपाल र चीनबीचको मित्रताको प्रतिक भएको बताउँदै सभामुख  सापकोटाले दुई देशबीचको सम्बन्धलाई जनताको तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।कोभिड–१९ को महामारीपछि बन्द भएर हाल सञ्चालन रहे पनि तातोपानीलगायत अन्य नाकाबाट आवतजावत सामान्य बन्न सकेको छैन। यो समाचार पनि पढ्नु होला चीनको अघोषित नाकाबन्दी गम्भीर समस्या

बैठकमा उनले दुई देशबीचको सम्बन्धलाई आजको स्तरमा ल्याउन सङ्घीय संसद्, प्रतिनिधिसभाका सदस्यसमेतको महत्वपूर्ण भूमिका रहेको र  आगामी दिन उक्त सम्बन्ध अझ प्रगाढ तथा परिस्कृत बनाउन सङ्घीय संसद्ले कुनै कसर बाँकी नराख्ने जानकारी दिए।

सभामुख सापकोटाले आर्थिक विकास, सांस्कृतिक जागरण र प्रविधिको विकासबाट चिनमा समग्र राष्ट्रिय शक्तिको निर्माणमा भएको प्रगतिको उच्च प्रशंसा गर्दै यो नेपालका लागिसमेत विकास र समृद्धिको मार्गदर्शक हुनसक्ने अपेक्षा गरे।   यो समाचार पनि पढ्नुहोला  चिनियाँ विदेशमन्त्री वाङ भ्रमणको विरोधमा ‘#wangnotwelcomeinnepal’ ट्वीटरमा ट्रेण्डिङ, अघोषित नाकाबन्दीदेखि सीमा मिचेकोसम्म प्रश्नैप्रश्न

उनले कोरोना महामारीको प्रभावकारी नियन्त्रण, रोकथाम र प्रतिकार्यमा चीनले गरेको सफलता विश्वसमुदायका लागिसमेत उदारणीय रहेको बताए। सभामुख सापकोटाले नेपालमा कोरोना महामारीको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सुरुवआतदेखि नै चीनले उपलब्ध गराएको सहयोग तथा चीन सरकारबाट प्रदान गरिएको खोपलगायत अन्य स्वास्थ्य सामग्रीको सहयोगका  लागि चीन सरकारप्रति आभार प्रकट गरे। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x