श्रीलंकामा एक दिनका लागि मात्र पेट्रोलको सञ्चिति
एजेन्सी – स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा पेट्रोलको हाहाकार हुने अवस्थामा पुगेको छ ।
नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघले यस्तो संकेत गरेका हुन् । अमेरिकी टेलिभिजन च्यानल सीनएनएनको अनलाइन संस्करणले जनाएअनुसार उनले श्रीलंकामा एक दिनका लागि मात्र पेट्रोलको सञ्चिति रहेको बताएका छन् । यो पनि समाचार पढ्नु होला – चिनियाँहरु ४० बर्ष सम्म कब्जा रहने गरि दमकको सफा औद्योगिक पार्कमा उद्योगहरू ओइरिने छ
एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिंघले आधारभूत सामाग्रीको आयातका लागि भुक्तानी गर्न देशलाई तत्काल ७.५ करोड डलर विदेशी मुद्रा आवश्यक भएको उनले बताए । .
सरकारले तलब दिन केन्द्रिय बैंकले पैसा छाप्नुपर्ने अवस्था रहेको उनले बताए । राज्यको स्वामित्वमा रहेको श्रीलंकाली एयरलाइन्स पनि निजिकरण गरिने उनले जानकारी दिएको सीएनएनले जनाएको छ । यो पनि समाचार पढ्नु होला – डुब्ने दुई देश पाकिस्तान र श्रीलंकामा चीन लगानी घटाउदै
महामारी, बढ्दो मूल्य वृद्धि र कर कटौतीका कारण देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको बताइन्छ । विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मुद्रास्फीतिका कारण औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ । चरम आर्थिक संकटसँग श्रीलंकामा राजनीतिक संकट पनि देखा परेको छ ।
श्रीलंकामा आर्थिक संकटको समाधान गर्न नसकेको भन्दै हिंसात्मक सरकार विरोधी प्रदर्शनहरु हुँदै आएका छन् ।


