१४ मंसिर २०८३, आईतवार

उपाध्यक्ष भुसालमाथिको कारवाहीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

एसीपी संवाददाता

२८ जेष्ठ २०७९, शनिबार ०१:१६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष घनश्याम भुसालमाथि गरिने कारवाहीबारे छलफल गर्न सचिवालयको बैठक बोलाएको छ । बैठक जेठ ३० मा बोलाइएको छ ।

स्थानीय तह निर्वाचनमा एमाले हारको कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गर्दै उनले राजीनामा दिनुपर्ने भनाई राखेका कारण अनुशासन आयोगले कारवाहीका लागि सिफारिस गरेको छ । उनीमाथिको कारवाहीलाई लिएर एमालेभित्र तरङ्ग उत्पन्न भएको छ ।

कारवाहीका लागि सिफारिसमा परेका भुसाल र स्थानीय निर्वाचनलगायतका विषयमा छलफल गर्न ३० जेठमा सचिवालय बैठक बोलाएको एमालेले जनाएको छ । बैठकका थप एजेन्डा तयका गर्न २९ जेठमा महासचिव शंकर पोखरेलेको नेतृत्वमा केन्द्रीय कार्यालयको बैठक बसेर तय गर्ने जनाइएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले उपाध्यक्ष भुसालमाथिको कारवाही र स्थानीय तह निर्वाचनदेखि आगामी निर्वाचनकाबारेमा छलफल गनए बैठक बोलाएको बताए । २९ गते बस्ने केन्द्रीय कार्यालयको बैठकले थप एजेन्डाहरु तय गर्नेछ ।

उनका अनुसार गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामदेखि अन्य विषय सचिवालयको बैठकको प्राथमिकतामा पर्नेछन् ।

स्थानीय तहको निर्वाचनमा ‘अन्तर्घात’ भएकोदेखि उपाध्यक्ष घनश्याम भुसाललाई अनुशासन आयोगले अनुशासन नाघेको भन्दै सोधिएको स्पष्टीकरणलगायत चर्चा चलिरहेको बेला सो बैठक बस्न लागेको हो । बैठकका केन्द्रविन्दु पनि भुसाले हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x