१४ मंसिर २०८३, आईतवार

समितिको अन्तिम प्रतिवेदन तयार, सभामुखलाई बुझाइने

एसीपी संवाददाता

१३ श्रावण २०७९, शुक्रबार ०३:५९ मा प्रकाशित

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले अन्तिम प्रतिवेदन तयार गरको छ ।

सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका बिषय र सहमति जुट्न नसकेका बिषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।

समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केहि प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए । उनले केहि बिषयमा सहमति जुटेको र नमिलेका बिषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिऐ ।

त्यस्तै समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुङ्गोमा पुगेको र सवैका आफ्ना–आफ्ना बिचारहरु राखिएको भन्दै सर्वसम्मत हुन नसकेको जिकिर गरे ।

करका दर हेरफेरका बिषयमा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको बिषयमा छानविन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो ।

शुरुमा १० दिनको कार्यावधि पाएको समितिको म्याद ७ दिन थपिएको थियो । समितिको म्याद बिहीबार नै सकिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x