१० आश्विन २०८३, शनिबार

ज्ञान मिसेज नेपालगन्जको पहीलो प्रथम चरणबाट ११ जना छानोट

एसीपी संवाददाता

६ भाद्र २०७९, सोमबार ०५:१२ मा प्रकाशित

बाँके । जी नेपाल फोरके टेलिभिजनको पहिलो प्रस्तुति मिसेज नेपालगंजको टाइटल शुक्रवार देखि ‘ज्ञान मिसेज नेपालगंज–२०७९’ राखिएको छ । के एल दुग्गड ग्रुपको ज्ञान चक्की आंटा यस कार्यक्रमको मुख्य प्रायोजक बनेपछि यसको टाईटल चेन्ज गरिएको छ साथै प्रथमचरणबाट ११ जनालाई छानिएको छ ।

तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको प्रथम चरणबाट ११ जना छनोट भएका छन् ।ज्ञान मिसेज नेपालगञ्जको लागि भएको प्रथम चरणबाट ११ जना गृहणी महीला छनोट भएका हुन् । पहीलो अडिसन बाट २१ जना जना प्रतिस्पर्धि मध्ये बाट ११ जना महीला छनोट गरिएको आयोजक अवधि मिडिया ग्रुप प्रा. लि. द्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनले जनाएको छ ।ज्ञान मिसेज नेपालगञ्ज प्रतियोगिताको निर्णायकमा गिता क्षेत्री वर्नवाल, रकेश गुरुङ, विरेन्द यादव लगायत रहेका थिए । भाद्र ११ गते यसको फाईनल हुनेछ आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइलनमा नायिका करिश्मा मानन्धर, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने र फाइनल यही ११ गते हुने आशिष गुप्ताले जानकारी दिए । प्रतियोगितामा नृत्य र फेसन संगै ज्ञान मिसेज नेपालगञ्ज बिधाका फस्ट रनरअपले ५१ हजार, सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x