७ असार २०८३, आईतवार

बाँकेमा थप १९ जना ,एकै दिन ४२ जनामा कोरोना पुष्टि

एसीपी संवाददाता

३१ जेष्ठ २०७७, शनिबार ०७:४८ मा प्रकाशित

बाँकेमा थप १९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । राप्तीसोनारी गाउँपालिकाका १५, नेपालगन्ज उपमहानगरपालिकाका एक र खजुरा गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।

राप्तीसोनारीमा सबैभन्दा धेरै वडा नम्वर आठका १०, वडा नम्वर ५ का ३ र वडा नम्वर ९ का २ जना रहेका छन् । त्यसैगरी नेपालगन्ज २२ का एक र खजुरा गाउँपालिका एकका दुई र अर्का वडा नम्वर ६ का हुन् । योसँगै बाँकेमा संक्रमितको संख्या ३ सय १५ पुगेको छ । भेरी अस्पताल नेपालगन्जमा गरीएको पिसिआर परीक्षणमा बर्दियाका ६ र रोल्पाका १७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x