५ असार २०८३, शुक्रबार

प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता

एसीपी संवाददाता

६ असार २०८३, शनिबार ००:०८ मा प्रकाशित

नेपालगन्जमा शुक्रवार सम्पन्न प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगितामा पुरुषतर्फ महेन्द्र पार्क क्लब र महिलातर्फ त्रिभुवन चोक क्लब प्रथम भएका छन।
पुरुषतर्फ महेन्द्र पार्क क्लबले बाँके गाउँ क्लबलाई शुन्यको बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै प्रथम हुन सफल भयो भने महिलातर्फ त्रिभुवन चोकले बाँके गाउँ क्लबलाई १ को बिरुद्ध ३ गोलले पराजित गर्दै प्रथम हुन सफल भयो ।
प्रतियोगिता अवधिभर राम्रो प्रदर्शन गरेका मोहम्मद अनस अन्सारी पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए भने, महिलातर्फ तनीसा अंसारी उत्कृष्ट खेलाडी घोषित भइन।
त्यस्तै प्रतियोगिता अवधिभर ८ गोल गर्न सफल अनन्या बर्नवाल महिलातर्फ सर्बाधिक गोलकर्ता घोषित भईन भने पुरुषतर्फ ४ गोल गर्न सफल भएका रेहान अन्सारी सर्बाधिक गोलकर्ता घोषित भए। बिजयी खेलाडीहरुलाई समाजका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठ , प्रमुख अतिथी, अतिथी लगायत अन्य अतिथिहरुले पुरुस्कार, प्रमाण-पत्र, पदक र ट्रफी बितरण गरेका थिए।
नेपालगन्ज उप- महानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ बिहिवारदेखि नेपालगञ्जमा सुरु भएको थियो। प्रतियोगितामा ४ महिला

तथा ४ पुरुष टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x