लागुऔषध दुर्व्यसन विरुद्ध सप्ताहव्यापी जनचेतनामुलक कार्यक्रमको समुद्घाटन सम्पन्न।।
असार ५ गते कपिलवस्तु – इलाका प्रहरी कार्यालय कृष्णनगर,कपिलवस्तुको आयोजना र कृष्णनगर नगरपालिकाको कार्यालय, कपिलवस्तुको सहकार्यमा कृष्णनगर नगरपालिकाको सभाहलमा तालुक नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी को प्रमुख आतिथ्यतामा “ लागू औषधको चुनौती चिनौं:सामाजिक समाधानको बाटो खोजौं ” भन्ने मुल नाराका साथ लागुऔषध दुर्व्यसन विरुद्धको सप्ताहव्यापी जनचेतनामुलक कार्यक्रमको समुद्घाटन सु-सम्पन्न भयो।
उक्त कार्यक्रमा जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु,विभिन्न सरकारी तथा गैह्र-सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि ज्हयूरु, विभिन्न विद्यालयहरुका शिक्षक,विद्यार्थीहरु,स्थानिय तहका वडा अध्यक्ष तथा जनप्रतिनिधिज्यूहरु ,समाजसेवी,संचारकर्मीहरु तथा स्थानियवासीहरुको उपस्थिती रहेको थियो ।
आज बाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम मिति २०८३।०३।०८ गते जलमोना बोर्डिङ स्कुल ,०९ गते कृष्णनगर गोलघर, १० गते महेन्द्र माध्यामिक विद्यालय,११ गते कृष्णनगर बसपार्कमा बिभिन्न जनचेतना कार्यक्रम संचालन हुने र १२ गते लिङ्कगेट,बसपार्क,गोलघर हुँदै कृष्णनगर नगरपालिका सम्म प्रभातफेरी कार्यक्रम हुने जानकारी गराउछौं ।



