२ आश्विन २०८३, शुक्रबार

चिनियाँ जनकंग्रेस अध्यक्षका कारण आज पनि काठमाडौंका सडक प्रभावित हुने

एसीपी संवाददाता

२९ भाद्र २०७९, बुधबार ०९:०४ मा प्रकाशित

काठमाडौं–नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्शुले बुधबार पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने भएपछि काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ । लीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपरान्ह साढे ३ बजे भेट्ने भएपनि त्यसअघि उनी टोलीसहित भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न पुग्नेछन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ। कार्यालयका अनुसार आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ

त्यस्तै आजै अपरान्ह साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x