२० जेष्ठ २०८३, बुधबार

कोरोना संक्रमणले पुनः गति लिदा चिनियाँ सरकार तनावमा

एसीपी संवाददाता

९ मंसिर २०७९, शुक्रबार २२:४२ मा प्रकाशित

एजेन्सी =  चीनमा कोरोना संक्रमणले पुनः गति लिन थालेको छ ।

गत बुधरबार संक्रमण शुरू भए यताकै सवैभन्दा धेरै संक्रमतिहरू फेला परेपछि पुनः अर्को लहर आउने आशंका चिनियाँ अधिकारीहरूमा बढेको छ ।

राजधानी पेइचिङ र ब्यापारिक केन्द्र क्वाङचौलगायतका मूख्य शहरहरुमा एकैदिन ३१ हजार ५२७ जना नयाँ संक्रमित फेला परेका हुन । गत अप्रिलमा एकैदिन २८ हजार संक्रमित फेला परेका थिए ।

शून्य कोभिड नीतिको सर्वत्र विरोध हुन थालेपछि चीन सरकारले खुकुलोपन बढाउदै लगेको बेला हालसम्म्कै उच्च संख्यामा संक्रमित फेला पर्दा चिनियाँ अधिकारीहरू अन्यौलमा परेका छन् ।

चीनले पछिल्लो समय क्यारेन्टिनलाई सात दिनबाट घटाएर पाँच दिनमा झारेको थियो भने ठूला शहरहरुमा खुकुलो बनाउन सुरू गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x