७ श्रावण २०८३, बिहीबार
मोबाइलमा फोटो राख्दा ३ जना नेपाली ! चिनियाँ प्रहरीको नियन्त्रणमा
बेइजिङ । चिनियाँ अध्यागमन प्रहरीले आज तीन नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । मोबाइलमा तिब्बती धर्मगुरु दलाई लामाको भिडियो फेला परेपछि अनुसन्धानका निम्ति उनीहरुलाई नियन्त्रणमा लिएर तेङ्गीसेनस्थित अध्यागमन कार्यालय लगिएको छ ।
संखुवासभाको भोटेखोला गाउँपालिका–१, किमाथांकास्थित नेपाल–चीन मितेरी पुल नाकाबाट तेङ्गीसेन जिल्लाको चेम्ताङ्ग बजारमा सामान किनमेलका लागि हिँडेका २० वर्षीय छोन्डुम लामा, ५० वर्षीय छेबि छिरिङ्ग लामा र टासी लामाको मोबाइल चेकजाँच गरिएको थियो ।
सो क्रममा छोन्डुमको मोबाइलमा दलाई लामाको भिडियो फेला परेपछि तीनै जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।
Subscribe
Login
0 Comments


