दैनिक सब्जीमण्डी देखि निर्वाचन कार्यालयसम्मको सडक जाम हुँदा सम्बन्धि मौन किन ?
नेपालगञ्ज — नेपालगञ्जको रानीतलाउ सब्जीमण्डीदेखि निर्वाचन कार्यालयसम्मको मुख्य सडकमा ट्रक र तरकारी बेच्ने व्यापारीहरूको मनोमानीका कारण दिनहुँ ठूलो जाम हुने गरेको छ। लोड तथा अनलोड (सामान लोड गर्दा व अनलोड गर्दा ) व्यापारीहरूले सडक नै कब्जा गर्ने गरेको भए पनि नेपालगञ्ज उपमहानगरपालिका र नगर प्रहरी भने मौन बसेका छ्न ।
स्थानीयहरूका अनुसार बिहानदेखि बेलुकासम्म तरकारी बोकेर आउने भारतीय ट्रकहरूलाई जथाभाबी बाटोमै रोकेर अनलोड गर्ने गरिएको छ। यसले गर्दा उक्त क्षेत्रमा पैदलयात्री, साना सवारी साधन र बिरामी बोकेका एम्बुलेन्ससमेत घण्टौंसम्म जाममा फस्ने गरेको छ ।
सब्जी मण्डीका व्यापारी र भारतीय ट्रक चालकहरूको यो लापरबाहीले दिनप्रतिदिन बढ्दै गएको छ। सडकलाई नै व्यक्तिगत गोदाम जस्तै प्रयोग गरी सामान छरपस्ट पार्दा पनि नियमन गर्नुपर्ने स्थानीय सरकार (नेपालगञ्ज उपमहानगरपालिका) र नगर प्रहरीले कुनै प्रभावकारी कदम चालेका छैनन्। नगर प्रहरी ट्राफिक कार्यालयको कमजोरी का कारण सर्वसाधारणले सास्ती भोग्न बाध्य हुनुपरेको छ।
स्थानीय बासिन्दा तथा यातायात चालकहरूले उपमहानगरपालिका र प्रशासनलाई तत्काल कडा कदम चाल्न आग्रह गरेका छन्।


