झुठो अस्वासन कहिले नदिनु
संदेशमुलक लेखाइ ।
पुष माघको चिसो साँझमा एकजना अर्बपती घर बाहिर हिड्दै थिए, रोडको छेउमा एकजना गरीव बृद्ध मानिसलाई भेटे । अर्बपतीले उस बृद्धलाई सोधे: तपाइँलाई बाहिर जाडो भाको छैन, तपाईंले केहि ज्याकेट कोटहरु पनि लगाउनुभाको छैन?
बृद्धले जवाफ दिए: मसँग लगाउनको लागि कुनै कोट ज्याकेट छैन , यहाँ मलाई यसैमा बानी परिसक्यो ।
अर्बपतिले बृद्धलाई भने: तपाई एकछिन यही बस्नुहोस्, म अहिले नै घर गएर तपाईंको लागि केहि कपडाहरु लिएर आउँछु ।
बिचरा ति बृद्ध मानिस धेरै नै खुशी भए, र बृद्धले जवाफ दिए हुन्छ म तपाईं नआइन्जेल म यही तपाइँलाई पर्खन्छु ।
अर्बपती आफ्नो घरमा पुगे, र ऊनी घरकै काममा ब्यस्त भए । ति बृद्ध मानिसलाई उसले बिर्सिए ।
बिहान उसले बिचरा उस बृद्ध मानिसलाई सम्झियो, र उस बृद्धलाई खोज्न घरबाट निस्कियो, तर चिसोको कारण उसलाई त्यहीँ पर्खाएको ठाउँमा मृत अवस्थामा भेट्टाए । त्यहाँ उस बृद्धले एउटा चिठी लेखेर छाडेका थिए । जसमा लेखिएको थियो: “जब मसँग लगाउनको लागि केहि न्यानो कपडा थिएन, तब मसँग चिसोसँग लड्न सक्ने मानसिक शक्ति थियो ।”
तर जब तपाईंले मलाई मद्दत गर्ने बाचा गर्नुभयो, म तपाईंको बचनमा जोडिए र यसले मेरो मानसिक शक्तिलाई मार्यो ।
💮 यदि तपाईं आफ्नो बचन पूरा गर्न सक्नुहुन्न भने, कसैलाई कुनै पनि बचन नदिनुहोस् । तपाईंको लागि यो आवश्यक नहुन सक्छ तर कसैको लागि यो सबैथोक हुनसक्छ ।
आश्वासन नदिऔ, दिए बाचा पूरा गरौं ।🙏
साभार-फेसबुक ! तेज नारायण भगत


