२१ कार्तिक २०८३, शुक्रबार

कविता

एसीपी संवाददाता

१८ माघ २०७९, बुधबार १२:३२ मा प्रकाशित

 सहिद दिवस 
सम्पुर्ण ज्ञात/ अज्ञात सहिदहरुको संम्झनामा यो कविता समर्पण गर्द छु

कविता

म जहिल्यै पनि कुर्सिका चार खुट्टा
                          ओम आचार्य
सुतिरहेको थिए
मुलुकको चार दिसावाट
चारवटा आत्मा आएर
म भित्र पस्यो
मैले हेर्ने आँखा
सोच्ने मस्तिष्क
र वोल्ने मुख
अचेल
धर्म भक्त/ गंगालाल
शुक्रराज /दशरथचन्द हुन थाले छ
-०
तिमिले प्रयोग गरिरहेको
स्पिकरवाट
तिम्रो आवाज हैन
तिम्रो भावना हैन
मेरो आवाज/ भावना हुनु पर्थ्यो
याहाँ सम्मकी
त्यो स्वर
मेरो स्वर हुनुपर्थ्यो
-०
पारदर्शी ग्लासमा कैद भएको
फोटोमा मात्रै फुल चढाइन्छ
ढुगांवाट निर्मित
शालिकलाइ माला लगाइन्छ
त्यो विचारलाइ
      भावनालाइ
कहिल्यै फुल माला लगाइएन
-0
मंचमा चढ़े उनिहरु
फोटोहरुलाइ चढ़ाए
त्यो विचार चढ़ेन
म जहिल्यै पनि टेवुलमा
आज पनि टेवुलमा
जस्ले राखे पनि टेवुलमा
कुर्सिका चार खुट्टा भए
वस्ने त अरुनै
-०
जहिल्यै पनि विरुध्दमा लड़े
जस्को विरुध्दमा लड़े
र शहीद भए
मेरै शालिकमा अडेस लागेर
मेरै शालिकमा जिउ अडाएर
शहिद वनाउनेको शालिकलाइ
रंग
रोगन र मरम्मत गरी
अझ क्रुर वनाइयो
र
विचार फेरी एकपटक
यसरी शहिद भयो
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x