३१ भाद्र २०८३, बुधबार

बलिउड अभिनेता अमिताभ बच्चन फिल्म सुटिङका क्रममा घाइते

एसीपी संवाददाता

२२ फाल्गुन २०७९, सोमबार १३:११ मा प्रकाशित

एजेन्सी =  बलिउड अभिनेता अमिताभ बच्चन फिल्म सुटिङका क्रममा घाइते भएका छन् । उनको करङमा चोट लागेको छ ।

फिल्म ‘प्रोजेक्ट के’ को सुटिङका क्रममा बच्चन घाइते भएका हुन् । फिल्मको एक एक्सन दृश्य सुटिङका ​​क्रममा आफ्नो करङमा चोट लागेको बच्चनले बताएका छन् । चोटका कारण श्वास फेर्न तथा हिँडडुल गर्न बच्चनलाई समस्या परेको छ ।

चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरेका बच्चनले सबै भेटघाट र निर्धारित कार्यक्रम स्थगित गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x