३१ भाद्र २०८३, बुधबार

नेपालभाषाका महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं जन्म जयन्ती मनायाे

एसीपी संवाददाता

६ चैत्र २०७९, सोमबार ०८:४० मा प्रकाशित

काठमाडाैं । रत्न राज्यलक्ष्मीक्याम्पसको सुकुुन्दा साहित्य पाःलाःको आयोजनामा महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं जन्म जयन्ती नारायण परिवार क्लब ओन्दे टेकूमा शनिबार मनाएकाे छ ।

प्रमुख अतिथि प्रा.डा. चन्द्र बजाचार्यले सुकुन्दाबालेर सुरु गरिएकाे कार्यक्रममा नेवाः विद्यार्थी युनियनका संस्थापक सदस्य मनिष मानवले करिब सत्रबर्षपछि सुकुन्दा बार्षिक पत्रिका प्रकाशनकासाथै महाकवि गिरिजाप्रसाद जोशीको जन्म जयन्ती मनाउने कार्य सह्रानिय रहेको जनाए । साहित्यबाट जनताहरुलाई उठाउने मात्रै कार्य गर्ने भएकाले उचित गाइड लाइनका लागि नेवारहरुले राजनीति गरेर हरेक मुद्धा सम्बोधन हुने तरिकाले राजनीति गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अतिथि महाकवि गिरिजाप्रसाद जोशीको पुत्र यच्चु जोशीले नेपाली जनताले हाम्राे देशकाे इतिहास राम्ररी नबुझीकन राजनीति गरिरहकाले देशमा ठूलो परिवर्तन पटक-पटक भएता पनि परिवर्तनको खासै महसुस नभएकोले नेपालको राजनीतिलाई नेताहरुले सही ढंगले बुझेर जानु पर्ने आज आवश्यकता रहेको जनाए ।

नेवाः बस्ती नेवाः अभियान एवम् नेवाः विद्यार्थी युनियनका सल्लाहकार दिपक तुलाधरले अहिलेका युवाहरु पनि नेपालभाषा अभियानमा सकृय हुनुले मातृभाषा संरक्षणमा सहयोग पुगेको जनाउँदै साँखु नगरपालिकामा नेपालभाषा कक्षा अभियानमा महाकवि गिरिजा प्रजाद जोशीको पुत्रद्वय यच्चु जोशी समेत अभियानमा जाेडिरहेकाे राम्रो पक्ष रहेको जनाउँदै महाकवि गिरिजा प्रसाद जोशीलाई श्रद्धाञ्जली व्यक्त गर्दै सुकुन्दा साहित्य पाःलालाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद एवम् बधाई दिनु भयो ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा एम.ए. तहको दोस्रो सेमेस्तर उत्कृष्ट अंक ल्याएका क्रिता बज्राचार्य, दिलकुमारी महर्जन, सुमितदास रञ्जित अर्जुन नेपाःमि, रमिता बज्राचार्य काविता वाचनका साथै नरेनमान महर्जन र मिनर्वा शाक्य बज्राचार्यले राजामति सुमतिका संयुक्त रूपमा गाउनका साथै संजिव महर्जनले आफ्नो गायन प्रस्तुत गरिएको थियो भने कार्यक्रमका अतिथि योगेन्द्र राजकर्णिकार, अनुपसिंह सुवाल, जनगायक चन्द्र बहादुर माइलाले जनतालाई उठाउने महाकवि गिरजाप्रसाद जोशी शब्द रहेको गीत प्रस्तुत गरिएको थियो ।

 

सुकुन्दा साहित्य पाःलाःका सचिव तथा कार्यक्रमका संयोजक रिदेन महर्जनले नेपाल सरकार, स्थानीय सरकार तथा जनस्तरले समेत महाकवि गिरिजा प्रसाद जोशीको जन्मजयन्ती मनाउनुमा कन्जुस्याइ गरेकाे जनाउदै सञ्चालन गरिएको कार्यक्रममा अतिथि मदनसेन बज्राचार्यले महाकवि गिरिजाप्रसाद जोशी एक सशक्त जन साहित्यकार भएकाे जनाए । महाकविको साहित्यिक कृतिको अध्ययन गर्दा शोषण उत्पीदन दमनले कस्तो प्रभाव पार्छ भन्ने कुरा प्रस्तुत गरिएकालेे अन्य अप्रकाशित कृति प्रकाशन गर्नुपर्नेमा जोड दिए ।

अतिथि अनुपसिंह सुवालले महाकवि गिरिजाप्रसाद जाेशीकाे करिब ६९ वटा कृति मात्रै नभई सो भन्दा बढि एक बोरा जति म्यानूस्क्रीप्ट कृति रहेकाे तथा सो मध्ये १५ गू कृति प्रकाशित हुन बाँकी रहेको जनाउँदै तात्कालिन पन्चायतकाल राजाको दमनबाट दुखः सास्ती भोग्न बाध्य भएका महाकवि गिरिजाप्रसाद जोशीकाे विश्वविध्यालय जनबादी गायक चन्द्रबहादुर (माइला दाई) रहेकाले महाकविलाई जिवित तुल्याउने हाे भने उहाँको गीतलाई अरक्राइब गर्नेपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. चन्द्रमान बर्जाचार्यले सिथिल अवस्थामा पुगेको साहित्यिक कार्यक्रम गरेर पुनः जीवन दिएकोमा आयोजना टिम लगायत सम्पूर्ण अभियान्तालाई धन्यवाद दिदै अन्य साहित्यकारकाे पनि उच्च कदर गर्दै कार्यक्रमकाे अायाेजक सुकुन्दा साहित्य पाःलाले गर्ने आशा व्यक्त गरे ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा एम.ए. तहको दोस्रो सेमेस्तर उत्कृष्ट अंक ल्याएका क्रिता बज्राचार्य, दिलकुमारी महर्जन, सुमितदास रञ्जित अर्जुन नेपाःमि, रमिता बज्राचार्य काविता वाचनका साथै नरेनमान महर्जन र मिनर्वा शाक्य बज्राचार्यले राजामति सुमति संयुक्त रूपमा गाउनुका का साथै संजिव महर्जनले आफ्नो गायन प्रस्तुत गरिएको थियो भने कार्यक्रमका अतिथि योगेन्द्र राजकर्णिकार, अनुपसिंह सुवाल, जनगायक चन्द्र बहादुर माइलाले जनतालाई उठाउने महाकवि गिरजाप्रसाद जोशी शब्द रहेको गीत प्रस्तुत गरिएको थियो ।

सभापति प्रशान्त डंगोलले नेपालभाषा क्षेत्रमा नेपाली साहित्यकार भन्दा धेरै पुराना अग्रज साहित्यकार, विद्वान तथा अनुसन्धान कर्ताहरुको योगदानको उचित मुल्यांकन समयमै हुन नसक्दा धेरै नेपालभाषा क्षेत्रका व्यत्तित्वहरु गुमरामा पर्न बाध्य भएको जनाए । नेपालभाषा क्षेत्रमा धेरै संघसंस्थाहरु भएता पनि बहुप्रतिभाका धनी महाकवि गिरिजाप्रसाद जोशीको सम्झनामा जन्म जयन्ती नमनाएकाे प्रति खेद प्रकट गरे । सुकुन्दा साहित्य पाःलाःले महाकविकाे जन्म जयन्ती मनाएर नयाँ कार्यको निरन्तरताको लागि नयाँ पिढिहरुलाई कार्यक्रम गर्न अाग्रह गरेर समापन गरेकाे थियाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x