२० कार्तिक २०८३, बिहीबार

विभिन्न कार्यक्रम लिएर आउनेहरुमध्ये धेरैको पहिलो रोजाई ब्राइटल्याण्ड कलेज

एसीपी संवाददाता

१४ चैत्र २०७९, मंगलवार १०:०९ मा प्रकाशित

काठमाडौंबाट नेपालगन्जमा विभिन्न कार्यक्रम लिएर आउनेहरुमध्ये धेरैको पहिलो रोजाई ब्राइटल्याण्ड कलेज हुनेगरेको छ ।

रियालिटी शो हरु नेपाल आइडल होस की मेरो डान्स युनिभर्स वा मेरो भ्वाइस युनिभर्स या त नेपाल स्पेल बी , सबै कार्यक्रमहरु ब्राइटल्याण्ड कलेज मै भएको छ ।

त्यस्तै अन्य कार्यक्रम मध्ये आज वर्डलिंकको कलेज एक्टिभेसन प्रोग्राम पनि ब्राइटल्याण्ड मै भएको हो  । विभिन्न गेमहरु सहित आजको प्रोग्राम पनि रमाईलो भएको आयोजक र विद्यार्थीहरुले बताएका छन् ।

कलेजमा भएको ठूलो स्पेस र विद्यार्थीहरूको उत्साहजनक सहभागिताले गर्दा सवैले आफ्नो कलेज रोज्ने गरेको कलेजका BHM हेड अफ डिपार्टमेन्ट भरत सिंह विष्टको बुझाई छ ।

अन्य दिनहरूमा विधार्थीहरुको नियमित पढाई हुने हुँदा कहिले कसो हुने यी इभेन्टहरु विद्यार्थीहरूको लागि एक्स्ट्रा एक्टिभिटीज जस्तै भएको हुँदा यसले पढाईमा कुनै बाधा नगरेको विष्ट बताउँछन् । बरु यस्ता कार्यक्रमहरूले विद्यार्थीहरु अझै फ्रेश हुने गरेको उनको भनाई छ । 

ब्राइटल्याण्ड कलेज का शिक्षक निराजन रावल भन्छन् कि विद्यार्थी हरु को यस कार्यक्रम बाट मनोबल बदछ अनि उनी हरू को शिक्षा मा पनि  साहयता हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x