१३ असार २०८३, शनिबार

चिनियाँ डेमु सेटले नेपाललाई पनि धोखा दिने हो की,बंगलादेशका प्रमले चीनबाट डेमु ट्रेनकिन्ने प्रस्ताव अस्विकार

एसीपी संवाददाता

३ आश्विन २०७७, शनिबार ०२:३७ मा प्रकाशित

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले चीनबाट थप डेमु ट्रेनहरू किन्ने प्रस्ताव अस्विकार गरेकी छिन्

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले चीनबाट थप डेमु ट्रेनहरू किन्ने प्रस्ताव अस्विकार गरेकी छिन् । बुधवार ढाकामा हसिनाको अध्यक्षतामा बसेको राष्ट्रिय आर्थिक परिषद्को कार्यकारी समितिको बैठकमा उक्त प्रस्ताव राखिएको थियो जसलाई हसिनाले अनुपयुक्त भन्दै अस्वीकार गरेकी हुन् ।  

भारतमा निर्मित रेल नेपाललाई हस्तान्तरण

योजना सचिव मो. नुरुल अमीनले प्रधानमन्त्री हसिनाले उक्त चिनियाँ ट्रेनहरू चलाउन लायकको नभएको भन्दै अस्विकार गरेको बताए । 

गाजीपुरको बंगबंधु हाईटेक पार्कबाट ढाकासम्म शटल रेलको लागि डेमू रेल किन्ने प्रस्ताव गरिएको थियो। 

सचिवका अनुसार पहिले खरिद गरिएका डेमु रेलहरू यात्रुहरूका लागि बेकार थिए र तीमध्ये धेरै बिग्रिसकेका छन् । 

प्रधानमन्त्रीले रेल परियोजनाको सुधारका लागि अन्यत्रबाट ट्रेनहरूको आयात गर्न समेत आदेश दिएकी छिन्।

कमिलापुर रेलवे स्टेशनमा अप्रिल २०१९ मा एक समारोहका बीच हसिनाले डेमु ट्रेन सेवाको उद्घाटन गरेकी थिइन । तर चीनबाट ल्याइएको उक्त डेमु सेट केही समयमा नै बिग्रिन थाले पछि थप चिनियाँ डेमु सेट नल्याउन निर्देशन दिइएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । 

बंगलादेशले गत बर्ष चीनबाट २० डेमु ट्रेनहरू करीब २ अर्ब रुपैयाँको लागतमा आयात गरेको थियो  ।

आयात गरिएका डेमु ट्रेनमध्ये आधा अहिले सञ्चालन गर्नै नसकिने गरि बिग्रिएको बंगलादेश रेलवेका अतिरिक्त महानिदेशक मिहिर कान्ति गुहाले बताए । 

त्यसकारण, ढाका–कमिला, अखाउरा–सिल्हट, लाल्मोनीरहट–परबोटीपुर, लकम–चट्टोग्राम र लकम–चन्दपुर मार्गमा डेमु ट्रेन सेवा बन्द गर्न बाध्य हुनु परेको छ । 

बंगलादेशका लागि चिनियाँ डेमु सेट काम नलाग्ने भएपछि नेपालमा पनि चीनबाट डेमु सेट ल्याउने कि नल्याउने बारे बहस शुरु भएका छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन शुरु हुनै लाग्दा रेलका सेटहरुको गुणस्तरको बारेमा पनि चर्चा शुरु हुन थालेको हो। नेपालको रेलवेमा चीन लगायतका देशहरुबाट सेट ल्याउने चर्चा शुरु भएको छ। 

चिनियाँ डेमु सेटहरुले बंगलादेशमा जस्तै नेपालमा पनि धोखा दिने हो की भन्नेमा नेपालका रेल विभागका अधिकारीहरु शंसकित भएको विभागमा चर्चा शुरु भएको छ। हाम्राकुरा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x