१६ जेष्ठ २०८३, शनिबार

सुन तस्करीमा चिनियाँ नागरिक पक्राउ सङै चिनियाँ नेताको नेपाल भ्रमण

एसीपी संवाददाता

७ श्रावण २०८०, आईतवार १४:३३ मा प्रकाशित

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन्।

चिनी राष्ट्रपति सी चिनफिङका विश्वासपात्र समेत रहेका उनको नेपालमा उच्चस्तरीय राजनीतिक भेटघाटको कार्यक्रम रहेको छ।



च्युन नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै अपराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

उनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिबार नै नेपाल आइपुगेको थियो। उनी श्रीलंकाको भ्रमण सम्पन्न गरी नेपाल आएका हुन्। नेपालखबर


0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x