डा.केसीको समर्थनमा वीरगञ्जमा धर्ना तथा प्रर्दशन

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा वीरगञ्जमा धर्ना तथा प्रर्दशन गरिएको छ । डा. केसीको १९ औं सत्याग्रहको समर्थनमा समर्थकहरुले डा. केसीको जीवन रक्षाको माग गर्दै उनले उठाएका जायज मागहरु सम्बोधन गर्न दवाब दिने उदेश्यले शुक्रबार वीरगञ्जमा धर्ना तथा प्रदर्शन गरेका हुन् ।
जसपाल सिंहको नेतृत्वमा वीरगञ्जस्थित नारायणी अस्पताल अगाडि बिहान १०ः३० देखि ११ः३० बजेसम्म १ घण्टा प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीले डाक्टर गोविन्द केसीको माग पूरा गर, डाक्टर केसीको जीवन रक्षा गर, डाक्टर केसीको अनसन मेडिकल माफियालाई टेनसन, लुटतन्त्र बन्द गर, अख्तियारमाथिको हस्तक्षेप र दलीय भागबण्डा बन्द गर लगायतका नारा लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

राजतन्त्र पुन:वहाली खोज्नेमाथि प्रहरीको हस्तक्षेप
धर्ना तथा प्रदर्शनमा नेपाल चिकित्सक संघ नारायणी वीगञ्जले एक्यबद्धता जनाएको छ । प्रदर्शनमा नेपाल चिकित्सक संघ नारायणीका अध्यक्ष डाक्टर अरुणकुमार सिंह लगायतका चिकित्सकहरु समेत सहभागी भएका थिए । डा. केसीको सत्याग्रह स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिमा सुधारका लागि भएकोले सरकारले अबिलम्ब वार्ता गरेर जीवन रक्षा गनुपर्ने डाक्टर निरज सिंहले बताए । ‘
राष्ट्रिय स्वाधिनताका मुद्वामा सरकार कमजोर भन्दै क्रान्तिकारीको काठमाडौंमा प्रदर्शन
दाङ राजधानी सार्ने प्रस्तावको बिरोध शुरु सरकारी गाडीमा तोडफोड
‘डाक्टर केसीले जीवनको बाजी थापेर १९ औं पटक अनसनमा जानुपर्ने बाध्यकारी अवस्था आएको छ । सरकारले तत्काल वार्ता मार्फत जायज मागको सुनुवाई गरेर स्वास्थ्य क्षेत्रमा देखिएको जतिपनि वेथितिको निराकरण गर्नुपर्छ ।’ डाक्टर सिंहले भने ‘स्वास्थ्य जनताको मौलिक हक हो । त्यसलाई राज्यले सहज र सरल रुपमा प्रत्याभूत गर्नुपर्छ । साभार-अनलाइनखबर




