दाङ राजधानी सार्ने प्रस्तावको बिरोध शुरु सरकारी गाडीमा तोडफोड

बुटवल-प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन्।

प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव
प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले विरोध जनाएको हो। प्रस्ताव पेस हुन साथ नेविसंघले बुटवलमा तीनवटा गाडीमा तोडफोड गरेको छ।
सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु१ झ ४२१ नंको गाडी तोडफोड भएको छ। त्यस्तै लु १ झ ४४९ नं गाडी पनि तोडफोड भएको छ। नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरि नेबिसंघले आन्दोलन सुरु गरेको बताए।
डा.केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुगे
हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै,नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोली प्रस्थान
रुपन्देही प्रहरीका अनुसार बुटवलको नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोक क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बुटवलका ठाउँठाउँमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएका छन्। सभार लुम्बिनीटाइम्स




[…] […]