डा.केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुगे

पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुग्नुभएको थियो । शुक्रबार विश्व अहिंसा दिवसको अवसर पारेर यादवले केसीलाई भेट्दै उहाको मागमा ऐक्यबद्धता समेत जनाउनुभयो । डा केसीसंगको भेटपछि पूर्वराष्ट्रपति यादवले डाक्टर केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरकारले वार्तामाफत समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य कमजोर बोल्न सक्दैनन् डा. गोविन्द केसी
डाक्टर केसीले प्राणकै आहुति दिन तयार भई जनताको माग उठाउनु भएको भएको भन्दै सरकारले पनि वार्तामार्फत नै यसको समस्या समाधानका लागि पहल गर्नुपर्ने उहाले बताउनुभयो । केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै ऐक्यबद्धता जनाउन विगतमा पनि आएको र अहिंसा दिवसको संयोग परेको पनि यादवले बताउनुभयो ।
उहाले केसीको हेरचाह गर्नेदेखि उपचार गर्ने सबैको प्रशंसा गर्दै सरकारलाई गम्भीर भएर सोच्न पनि आग्रह गर्नुभयो । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा केसी अनशनमा हुनुहन्छ ।
डा.केसी त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा
‘सोलिडारिटी फर डा. केसी एलायन्स’ द्वारा काठमाडौंको माइतिघरमा प्रदर्शन




[…] डा.केसीलाई भेट्न पूर्वराष्ट्रपति याद… […]