१ श्रावण २०८३, शुक्रबार

बांके युनेस्को क्लब द्वारा अति बिपन्न परिवारलाई ३२ लाख बढीको सहयोग

एसीपी संवाददाता

१६ आश्विन २०७७, शुक्रबार १६:२१ मा प्रकाशित

कोबिड १९ बाट प्रभावित अति बिपन्न परिवारलाई बांके युनेस्को क्लबले ३२ लाख रुपैया बढीको सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।

१९ प्रतिकार्य र पुनःस्थापना परियोजना अन्तरगत शुक्रवार बाँके बैजनाथ गाउपालिकाको चिसापानीमा सो सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

कोबिड १९ बाट प्रभावित अति बिपन्न परिवारको आयाअर्जन बढाउने उद्देश्यले बैजनाथ गाउपालिकाका वडा नम्बर १, २, ३ र ४ का १ सय २८ अति बिपन्न परिवारलाई सो सहयोग गरिएको परियोजना अधिकृत अनुप बर्माले जानकारी दिनुभयो । १०३ बाख्रापालन, कुखुरापालन २, खुद्रा तथा किराना पसल १०, सिलाई कटाई १ जना र सुंगुरपालनका लगायतका लागि प्रती परिवार २५ हजार रकम बराबरको सहयोग गरिएको बर्माले जानकारी दिनुभयो ।

बैजनाथ वडा नम्बर १ का अध्यक्ष रुप बहादुर मल्ल, २ का अध्यक्ष प्रेमबहादुर थापा, ४ का अध्यक्ष कालीबहादुर सिंह, युनेस्को बाँकेका अध्यक्ष राजेन्द्र चौधरी, प्रमुख संरक्षक प्रबेज अली सिद्दीकी लगायतले सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो । युनेस्को बाँकेका अध्यक्ष चौधरीले कोबिड१९ बाट प्रभावित भएका अति बिपन्न परिवारको आर्थिक स्थितीमा सुधार ल्याओस भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।

यो पनि समाचार । भेरीमा उपचाररत् कोरोना संक्रमित युवतीको मृत्यु

यो पनि समाचार । दाङ राजधानी सार्ने प्रस्तावको बिरोध शुरु सरकारी गाडीमा तोडफोड

यो पनि समाचार । डा.केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुगे

त्यस्तै सहयोग सामाग्री प्राप्त गर्नुभएकी कबिता बिकले कोरोना महामारीले आफुहरुलाई जिवनयापनमा समस्यामा पारेको बेला यो सहयोगले आर्थिक अवस्थामा सुधार ल्याउन मद्दत पुग्ने बताउनुभयो ।
प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारी तथा गिभ टु एशियाको आर्थिक सहयोगमा सो सहयोग गरिएको हो । कार्यक्रममा युनेस्कोका सह निर्देशक साजिद अली सिद्दीकी, परियोजना अधिकृत अनुप बर्मा, सल्लाहकार रुद्र सुवेदी, नरेन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।

भारतद्वारा नेपालका संघसंस्थालाई ४१ एम्बुलेन्स ६ बस सहयोग

भारतद्वारा नेपालका संघसंस्थालाई ४१ एम्बुलेन्स ६ बस सहयोग

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x