७ आश्विन २०८३, बुधबार

चीनमा मुस्लिम धर्मावलम्बीलाई स्वतन्त्रता छैन : प्रवक्ता पठान

एसीपी संवाददाता

२४ श्रावण २०८०, बुधबार १०:४५ मा प्रकाशित

कृष्णनगर, साउन । नेपाल-भारत जस्तै चीनका उईगुर मुस्लिम धर्मावलम्बीलाई धार्मिक स्वतन्त्रता दिनुपर्नेमा जसपा प्रवक्ताले जाेड दिएका छन ।

राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा आज शिक्षा र सामाज बिच एक दिने कार्यक्रममा जनता समाजबादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले विश्वभरि इस्लाम धर्मावलम्बीहरुलाई स्वतन्त्र रुपमा बांच्न पाउने अधिकार छ तर चीनले त्यहांका उईगुर मुस्लिमलाई स्वतन्त्रता दिएकाे छैन । विजयनगर गाउँपालिका वडा नं ७ को दत्तपुरमा रहेको अहले सुन्नत गौसियाको प्रांगढमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रवक्ता पठान ले इस्लाम धर्मावलम्बीहरु आफ्नाे समाज , समुुदाय, देशकाे बिकासमा याेगदान पुर्याएकाे बताउनुभयाे ।

कार्यक्रममा हाजी अब्दुल कलाम, राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका उपाध्यक्ष अतिकुरअतिकुर रहमान नेपाली, महासचिव मौलाना मुजिकुर रहमान मिश्वाही, विशिष्ट अतिथिमा मौलाना सद्दाम हुसेन, मौलाना मुहिनुद्दिन हश्मती शाहब, मौलाना अखलाख अन्सारी, मौलाना अकरम अलि,मौलाना अब्दुल कलाम, मौलाना इब्राहिम लगायत १७ वटा मदरसाको मौलाना, व्यवस्थापन समिति अध्यक्ष तथा सदस्य हरुको उपस्थितिमा सम्पन्न भएकाे थियाे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x