१० कार्तिक २०८३, सोमबार

नेपालका सांस्कृतिक सम्पदा दक्षिण एशियाकै साझा सांस्कृतिक धरोहर हुन् : श्रीवास्तव

एसीपी संवाददाता

१९ भाद्र २०८०, मंगलवार ०८:४५ मा प्रकाशित

काठमाडौं । भारत सरकारको वित्तीय सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको पुनःनिर्माण पछि उद्घाटन गरिएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी भारत सरकारको वित्तीय सहयोग एवं कला र सांस्कृतिक सम्पदाको लागि भारतीय राष्ट्रिय ट्रस्टको प्राविधिक सहयोग तथा नेपाल सरकार र सहकारी विकास मन्त्रालय लगायतका सरकारी निकायहरुको सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको उद्घाटन भएको हो ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपालको सांस्कृतिक सम्पदाको रक्षा भनेको दक्षिण एशियाकै साझा सांस्कृतिक धरोहर भएको बताउनुभयो । उहाँले नेपाल र भारतबीचमा संस्कृतिको सम्बन्धलाई थप बिस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा संरक्षणको कामलाई अझै बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले काठमाडौं उपत्यकामा पुनःनिर्माण भएकामध्ये पिम्बाल पोखरीलाई धेरैले रुचाएको बताउनुभयो ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुननिर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत करिव ३.५ करोड रुपैयाँको लागतमा निर्मित ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नयाँ भवनको नेपालका लागि भारतीय राजदुत श्रीवास्तव र ललितपुर महानगरपालिकका मेयर महर्जनले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुननिर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुननिर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x