१६ जेष्ठ २०८३, शनिबार

इसरोले गगनयान मिसनका लागि मानवरहित परीक्षण उडान सुरु गर्ने

एसीपी संवाददाता

२१ आश्विन २०८०, आईतवार ०८:२६ मा प्रकाशित

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था ‘इसरो’ले गगनयान मिसनको हिस्साका रूपमा मानवरहित परीक्षण उडानको तयारी सुरु गरेको जनाएको छ ।

सामाजिक सञ्जाल एक्स ‘ट्विटर’मा इसरोले गरेको पोस्टमा भनिएको छ, “मिसन गगनयान स् इसरोले गगनयानका लागि मानवरहित परीक्षण उडान सुरु गर्नेछ, फ्लाइट टेस्ट भेहिकल एबोर्ट मिसन–१ ‘टिभी–डि वान’ तयारी भइरहेको छ जसले क्रु इस्केप सिस्टमको प्रदर्शन गर्दछ ।”

इसरोका अनुसार यो परीक्षण उडानले बाँकी योग्यता परीक्षण र मानवरहित मिसनका लागि आधार तयार गर्नेछ जसबाट भारतीय अन्तरिक्षयात्रीहरूसँगै पहिलो गगनयान मिसन सुरु हुनेछ ।

गगनयान मिसनको पहिलो परीक्षण उडानका लागि फर्स्ट क्रस मोडुल सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै इसरोले टेस्ट भेहिकल ‘टिभी–डि वान’ को पहिलो उडानको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x