१३ मंसिर २०८३, शनिबार

भूकम्प भूकम्प प्रभावित क्षेत्रमा सङ्क्रामक रोग फैलिन सक्ने जोखिम

एसीपी संवाददाता

२० कार्तिक २०८०, सोमबार ०८:४६ मा प्रकाशित

काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटसहित छिमेकी जिल्ला रुकुममा पनि ठुलो धनजन क्षति भएको छ । भूकम्पबाट मानवीय तथा भौतिक क्षतिसँगै घाइतेहरूको उद्धार राहतका केन्द्र सरकारदेखि प्रदेश र स्थानीय तह र गैरसरकारी संघ संस्था तथा राजनीतिक दलहरूले सहयोग गरिरहेको समाचारहरू आइरहेको छ ।     सरकारले भूकम्पमा घाइतेहरूको उपचार निःशुल्क उपचार गर्ने घोषणा गर्नुका साथै राजधानीका ठुला संघीय अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । हाल राहत, उद्धारसँगै र  प्रभावित क्षेत्रमा घाइतेको आकस्मिक उपचारमा सरकारी तथा अन्य संघसंस्थाका तर्फबाट मेडिकल टिम सक्रिय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आकस्मिक उपचारपछि सरकार भूकम्पजस्ता प्राकृतिक विपत्ति आउँदा सम्बन्धित निकायले ध्यान दिन नसक्दा सङ्क्रामक रोगका कारण प्रकोप फैलिन सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । भूकम्प प्रभावित क्षेत्रका बासिन्दा घरबाहिर खाली स्थानमा सामूहिक रूपमा बस्न बाध्य छन् । आकस्मिक उपचार उद्धारपछि  विगतका देशमा आएका प्राकृतिक प्रकोप आएको एक साता पछिबाट सङ्क्रामक रोगहरूले सताउने गरेको उदाहरण पाइन्छ । रातोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x